भारतीय टिममा नपर्दा निराश थिए सूर्यकुमार, रोहितले यसरी थपे उनमा ‘उत्साह’

काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार शानदार प्रदर्शन गर्दा पनि ब्याट्सम्यान सूर्यकुमार यादवले अष्ट्रेलियासँगको सिरिजमा मौका पाएनन् ।

टिममा समावेश नगरेपछि यादव निराश थिए । उनलाई अष्ट्रेलिया भ्रमणमा समावेश नगरेको भन्दै धेरैले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को चर्को आलोचना गरेका थिए ।

सूर्यकुमार मुम्बई इण्डियन्सबाट आईपीएल खेल्छन् । बीसीसीआईले अष्ट्रेलिया भ्रमणका लागि टिम घोषणा गर्दा उनी राम्रै प्रदर्शन गरिरहेका थिए । तथापि उनलाई समावेश गरिएन ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

यो पटक भारतीय टिममा पर्नेमा यादव विश्वस्त थिए । तर, टिम घोषणा गर्दा नाम नदेखिएपछि उनी निराश भए ।

सूर्यकुमार निराश देख्दा मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मालाई पनि नरमाइलो लागेको थियो । उनलाई लाग्छ लगातार राम्रो प्रदर्शन गरिरहेका यादवलाई भारतीय टिममा मौका दिनुपर्छ । सूर्यकुमारलाई निराश देखेपछि रोहितले केही महत्वपूर्ण कुरा उनलाई भनेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार रोहितले यावदलाई भनेका थिए, ‘तिमी राम्रो खेलाडी हौ, टिममा नपरेको भनेर निराश हुनु हुँदैन । सबैको पालो आउँछ । तिमीले लय गुमाउनुहुन्न । आफूले आफूमाथि विश्वास राख्नुपर्छ । आज मौका पाएनौ भोलि अवश्य भारतीय टिममा समावेश हुनेछौ ।’

आईपीएलअघि अर्थात् कोरोना महामारी सुरु हुनुपूर्व पनि सूर्यकुमारले घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । आईपीएल २०२० मा मुम्बईलाई पाँचौ पटक ‘च्याम्पियन’ बनाउन उनले महत्वपूर्ण भूमिका खेले ।

३० वर्षीय यादवले मुम्बईबाहेक कोलकाता नाइट राइडर्स (केकेआर)बाट पनि आईपीएल खेलिसकेका छन् । उनले टी-२० क्रिकेटमा २०१० मा डेब्यू गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker