जमानले न्यूजिल्याण्ड भ्रमण गुमाउने, यस्तो छ कारण

काठमाडौंः पाकिस्तान क्रिकेट टिमका ओपनर फखर जमानले न्यूजिल्याण्ड भ्रमण गुमाउने भएका छन्।
पाकिस्तान क्रिकेट बोर्डले ३० वर्षीय ब्याट्सम्यान जमानले न्यूजिल्याण्ड भ्रमण नगर्ने जनाएको छ।
कोरोना भाइरससँग मिल्ने लक्षणहरु देखिएपछि उनी टिम बाहिर रहेका हुन्।
ज्वरो आएपछि उनी होटलमा सेल्फ आइसोलेसनमा बसेको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ। पीसीबी मेडिकल टोलीले उनलाई हेरिरहेको छ।
‘शनिबार फखर जमानको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो तर आज उनलाई ज्वरो आएको छ। यो थाहा पाए पछि उनी अरू खेलाडीहरूबाट अलग भएका छन्।’ टिमका डाक्टर सोहेल सलीमले भने,‘ ‘हामी निरन्तर उसको स्वास्थ्य अनुगमन गर्दैछौं र आशा गर्छौं कि ऊ चाँडै निको हुनेछ।’
जमानले पाकिस्तानका लागि ३ टेस्ट, ४७ एकदिवसीय र ४० टी–२० खेलिसकेका छन्।
न्यूजिल्याण्ड भ्रमणका लागि पाकिस्तानी टिम सोमबार त्यसतर्फ प्रस्थान गर्ने छन्। पाकिस्तानले न्यूजिल्याण्डसँग टी–२० र टेस्ट सिरिज खेल्नेछ।