यी हुन् अष्ट्रेलियामा सर्वाधिक छक्का प्रहार गर्ने ५ ब्याट्सम्यान, कसको स्थान कहाँ?

काठमाडौंः रोहित शर्मा अष्ट्रेलियाविरुद्धको टेस्ट श्रृंखलामा देखिने छन्। उनी एकदिवसीय र टी–२० सिरिजमा भाग लिने छैनन्।
अष्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा शर्माको रेकर्ड राम्रो छ। उनको अनुपस्थितिले टिममा पक्कै असर पार्छ।
रोहित एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाविरुद्ध खेल्ने छैनन्। तर, त्यस टिमविरुद्ध रोहित वानडेमा सर्वाधिक छक्का प्रहार गर्ने विश्वकै नम्बर एक ब्याट्सम्यान हुन्।
शर्माले अष्ट्रेलियाविरुद्ध ४० एकदिवसीय खेल खेलेका छन्। उनले ७६ छक्का प्रहार गरेका छन्। यीमध्ये उनले अष्ट्रेलियाली भूमिमा २९ छक्का प्रहार गरेका छन्। २९ छक्कासहित रोहित एकदिवसीयमा अष्ट्रेलियविरुद्ध सबैभन्दा बढी छक्का हिकाउने पहिलो ब्याट्सम्यान हुन्।
पाकिस्तानका पूर्व आलराउन्डर शाहिद अफ्रीदी अष्ट्रेलियाको भूमिमा एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने क्रिकेटरको सूचीमा दोस्रो स्थानमा छन्। उनले यस टिमविरुद्ध एकदिवसीय खेलमा २५ छक्का प्रहार गरेका थिए।
अष्ट्रेलियाविरुद्ध उसकै भूमिमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान
रोहित शर्मा– २९ छक्का
शाहिद अफ्रीदी– २५ छक्का
भिभ रिचर्ड्स– २१ छक्का
इयोन मोर्गन– १७ छक्का
मार्टिन गुप्टिल– १४ छक्का
रोहित शर्माले अष्ट्रेलियाविरुद्ध खेलेका ४० खेलमा ६१.३३ को औसतमा २ हजार २०८ रन बनाएका छन्। उनले यस टोलीविरुद्ध ८ शतक बनाएका छन्। उनले यो टोलीविरुद्ध कूल ७६ छक्का प्रहार गरेका छन्।
अष्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने क्रममा सचिन तेन्दुलकर दोस्रो भारतीय ब्याट्सम्यान हुन्। उनले ७१ खेलमा ३६ छक्का प्रहार गरेका थिए।
त्यस्तै, तेस्रो नम्बरमा एमएस धोनी छन्। उनले ५५ खेलमा ३३ छक्का प्रहार गरेका छन्। विराट कोहलीले ४० वनडेमा २० छक्का प्रहार गरेका छन्।