एकदिवसीय क्रिकेटमा सर्वाधिक रन खर्चिने ३ भारतीय बलर

काठमाडौं: समयसँगै क्रिकेटमा पनि धेरै परिवर्तन आएका छन् । अन्तर्राष्ट्रिय स्तरमा अहिले तीन प्रारुप छन्। अहिले टेष्ट, वानडे र टी-२० प्रारुपमा क्रिकेट खेलिन्छ ।
अन्तर्राष्ट्रिय मान्यता नपाए पनि पछिल्लो समय पनि टी-१० लिग पनि लोकप्रिय बन्दै गएका छन् । क्रिकेटमा राम्रासँग खराब रेकर्ड पनि बनिरहेका हुन्छन् । यसैबीच आज एकदिवसीय क्रिकेटमा सर्वाधिक बढी रन दिने तीन भारतीय बलरको चर्चा गर्दैछौं :
३. जवागल श्रीनाथ
यो सूचीको तेस्रो स्थानमा भारतीय पूर्वबलर जवागल श्रीनाथको नाम आउँछ । उनले आफ्नो समयमा भारतीय टिमका लागि शानदार प्रदर्शन गरेका थिए ।
श्रीनाथले भारतका लागि १९९१ देखि २००३ सम्म २ सय २९ वानडे म्याच खेलेका थिए । यसक्रममा उनले ८ हजार ८ सय ४४ रच खर्चिएका थिए । श्रीनाथले आफ्नो वानडे करियरमा ३ सय १५ विकेट हासिल गरेका छन् ।
२. हरभजन सिंह
हरभजन भारतीय क्रिकेट टिमका लोकप्रिय स्पिनर हुन् । तर, उनले आफ्नो अन्तर्राष्ट्रिय वानडे क्रिकेटमा भने धेरै रन खर्चिएका छन् ।
हरभजनले १९९८ देखि २०१५ सम्मको आफ्नो वानडे करियरमा कुल २ सय ३६ म्याच खेलेका थिए ।
जसक्रममा उनले ८ हजार ९ सय ७३ रन दिँदै २ सय ६९ विकेट पनि लिएका छन् । सन्यास नलिए पनि हरभजन केही वर्षयता भारतीय टिममा मौका पाउनबाट बञ्चित भइरहेका छन् । यद्यपि उनी आइपीएल भने खेलिरहेका छन् ।
१. अनिल कुम्बले
यो सूचीको शीर्ष स्थानमा भारतीय टिमका पूर्वलोकप्रिय बलर अनिल कुम्बलेको नाम आउँछ । उनको नाममा भारतको तर्फबाट एक वानडे म्याचमा सबैभन्दा बढी रन दिने खराब कीर्तिमान छ ।
कुम्बलेले भारतका लागि धेरै वर्ष अन्तर्राष्ट्रिय म्याच खेलेका थिए । जसमा उनले कयौँ पटक भारतलाई म्याच जिताएका थिए ।
उनले टेस्ट म्याचमा भारतको तर्फबाट सबैभन्दा बढी विकेट पनि लिएका छन् । तर, कुम्बलेले कयौँ पटक वानडे म्याचमा धेरै रन पनि दिएका छन् ।
कुम्बलेले भारतका लागि १९९० देखि २००७ सम्म कुल २ सय ७१ वानडे म्याच खेलेका थिए । जस क्रममा उनले १० हजार ४ सय १२ रन दिएका थिए । उनले आफ्नो एकदिवसीय क्रिकेट करियरमा ३ सय ३७ विकेट लिएका छन् ।