यी हुन आईपीएल २०२१ मा खेल्न सक्ने ४ विदेशी खेलाडी

काठमाडौं, १९ मंसिर : इण्डियन प्रिमियर लिग (आईपीएल)को १४ औँ सिजन भारतमै हुने सम्भावना छ । आईपीएल विश्व क्रिकेटको सबैभन्दा लोकप्रिय लिग हो ।

यो प्रतियोगितामा भाग लिने प्रायः सबै क्रिकेटको इच्छा हुन्छ । तर, केही स्टार खेलाडीले भने अहिलेसम्म आईपीएल खेल्न पाएका छैनन् । यसैबीच, आज आगामी सिजनको आईपीएल खेल्न सक्ने चार विदेशी खेलाडीको चर्चा गर्दैछौँ :

डेविड मलान : इंग्ल्याण्डका डेविड हाल आईसीसी टी-२० को ब्याटिङ वरियतामा शीर्ष स्थानमा छन् । आक्रामकरूपमा ब्याटिङ गर्ने उनले इंग्ल्याण्डका लागि १९ टी-२० मा ५३.४३ को शानदार औसतमा १४९.४७ को स्ट्राइक रेटका साथ ८५५ रन बनाएका छन् ।

मलानले इंग्ल्याण्डका लागि टी-२० मा एक शानदार शतक र ९ अर्धशतकसमेत बनाएका छन् । तर, अचम्मको कुरा हालसम्म यी स्टार ब्याट्सम्यानले आईपीएल खेलेका छैनन् । हालसम्म आईपीएलमा नजोडिएका मलान १४ औँ सिजनमा भने खेल्ने सम्भावना छ ।

रस्सीवान्डर दुसेन : दक्षिण अफ्रिकाका यी खेलाडी निरन्तर शानदार प्रदर्शन गर्दै आएका छन् । दक्षिण अफ्रिकाको पछिल्लो सिजनको साम्सी सुपर लिगमा उनले उत्कृष्ट गरेका थिए ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

दुसेनले ग्लोबल टी-२० क्यानाडा लिगमा पाँच खेलमा १६१.२४ को शानदार स्ट्राइक रेटमा २०८ रन बनाएका थिए । उनले दक्षिण अफ्रिकाका लागि १८ म्याचमा ५४२ रन बनाएका छन् ।

केही दिनअघि मात्र दुसेनले इंग्ल्याण्डविरुद्ध ३२ बलमा ५ छक्का र ५ चौका हिर्काउँदै अविजित ७४ रन बनाएका थिए ।

निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका दुसेनले हालसम्म आईपीएल खेल्ने अवसर पाएका छैनन् । हरेक प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गर्ने दुसेन आसन्न आईपीएलमा देख्न पाइने सम्भावना बलियो छ ।

ग्लेन फिलिप्स : हालसम्म न्यूजिल्याण्डका यी युवा खेलाडीले आईपीएल खेलेका छैनन् । उनी लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

हालै मात्र उनले वेष्ट इण्डिजसँगको टी-२० सिरिजमा ५१ बलमा १० चौका र ८ छक्का हिर्काउँदै १०८ रन बनाएका थिए ।

फिलिप्सले टी-२० अन्तर्राष्ट्रियमा न्यूजिल्याण्डका लागि सर्वाधिक छिटो शतक बनाउने कीर्तिमानसमेत बनाएका छन् ।

२३ वर्षीय फिलिप्स ब्याट्सम्यानका साथै विकेटकीपिङ पनि गर्छन् । हालसम्म उनले विदेशी लिगको रूपमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेका छन् । जहाँ उनले हरेक सिजनमा शानदार प्रदर्शन गर्दै आएका छन् । आसन्न सिजनको आईपीएलमा फिलिप्स खेल्ने सम्भावना छ ।

आईपीएल २०२० मा १० टिम हुने चर्चाले पनि फिलिप्स अक्सनमा सजिल्यै बिक्ने छन् । उनी ओपनिङ ब्याट्सम्यानको भूमिकामा बढी रमाउँछन् ।

मार्क दयाल : यी युवा अलारउन्डर वेष्ट इण्डिजका हुन् । दायलले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

ब्याटिङ/बलिङमा राम्रो प्रदर्शन गर्ने यी युवा स्टारले हालसम्म आईपीएल खेलेका छैनन् । आगामी आईपीएल संस्करणमा भने उनी अनुबन्ध हुने सम्भावना छ । दयाल बलिङ/ब्याटिङका साथै राम्रो फिल्डिर पनि हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker