जडेजा भय घाइते, उनको स्थानमा यी खेलाडिले पाए मौका

काठमाडौं, २० मंसिर : भारतीय टिमका अलराउन्डर रवीन्द्र जडेजाले अष्ट्रेलियासँगको टी–२० सिरिजका बाँकी दुई खेल गुमाउने भएका छन् । पहिलो खेलमा घाइते भएपछि उनले सिरिजका बाँकी दुई म्याच गुमाउने भएका हुन् ।

शुक्रबार भएको पहिलो खेलमा जडेजा घाइते भएका थिए । ब्याटिङका क्रममा उनको हेल्मेटमा बल लागेको थियो ।

तत्काल हेल्मेटमा बल लाग्दा पनि ब्याटिङ गरेका जडेजा फिल्डिङका लागि भने मैदानमा देखिएका थिएनन् । उनको स्थानमा दोस्रो इनिङ्समा स्पिनर युजवेन्द्र चहलले खेलेका थिए ।

जडेजा सिरिजबाट बाहिरिएसँगै उनको स्थानमा तीव्र गतिका बलर शार्दुल ठाकुरलाई मौका दिइएको छ । शार्दुलले अष्ट्रेलियासँगको अन्तिम वानडेमा राम्रो बलिङ गरेका थिए ।

भारत र अष्ट्रेलियाले सिरिजको दोस्रो म्याच आइतबार खेल्दै छन् । तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । पहिलो खेलमा भारतसँग अष्ट्रेलिया ११ रनले पराजित भएको थियो ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker