पहिलो म्याचको हारपछि अस्ट्रेलियाले भित्र्यायो २ बर्ष देखि टि-२० नखेलेका यी स्टार स्पिनर

काठमाडौं, २० मंसिर : भारतसँगको टी-२० सिरिजको पहिलो खेलमा हार ब्यहोरेसँगै घरेलु टोली अष्ट्रेलियाले टिममा एक खेलाडी परिवर्तन गरेको छ । उसले युवा अलराउन्डर क्यामरन ग्रीनको स्थानमा अनुभवी स्पिनर नाथन ल्योनलाई समावेश गरेको छ ।
Australia have added Nathan Lyon to their squad for the remainder of the #AUSvIND T20 series against Indiahttps://t.co/k3LypOjowW
— cricket.com.au (@cricketcomau) December 5, 2020
नाथनले सिरिजका बाँकी दुई टी-२० म्याच खेल्ने छन् । उनी प्रायः टेष्ट क्रिकेटमा परिचित छन् । तर, क्यानबेराको पिच स्पिनरका अनुकूल भएकाले अष्ट्रेलियाले बाँकी खेलमा ल्योनलाई टिममा समावेश गरेको हुनसक्छ ।
नाथनले पछिल्लो दुई वर्षयता टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । उनले २०१८ मा पाकिस्तानविरुद्ध अन्तिम टी-२० म्याच खेलेका छन् ।
हालसम्म नाथनले अष्ट्रेलियाका लागि दुई टी-२० म्याच खेलेका छन् । जसमा उनले एक विकेट मात्र लिएका छन् । ल्योनको टेष्ट करियर भने शानदार छ । उनले ९६ टेष्टमा ३९० विकेट लिइसकेका छन् ।
तीन खेलको टी २० सिरिजको पहिलो म्याचमा अष्ट्रेलिया ११ रनले पराजित भएको थियो । यी दुई टिमबीचको दोस्रो टी-२० भोलि क्यानबेरामै हुनेछ ।
के हो कनकशन नियम ? जसको कारण विवादास्पद बन्यो अस्ट्रेलिया र भारतको पहिलो टि-२० म्याच
2 Comments