भारत भर्सेस अष्ट्रेलिया : आकाश चोपडाले छाने प्लेइङ-११, यी खेलाडीले पाए मौका

काठमाडौं, २१ मंसिर : भारतीय पूर्वक्रिकेटर तथा वर्तमान कमेन्टेटर आकाश चोपडाले अष्ट्रेलियासँगको टी-२० सिरिज खेल्ने दुवै  टिमको प्लेइङ-११ छानेका छन् ।

आज युट्युबमा एक भिडियो अपलाडे गर्दै उनले दुवै टिमको प्लेइङ-११ छानेका हुन् । चोपडाले भारतीय टिममा लगातार टी-२० मा उत्कृष्ट खेलिरहेका श्रेयस अय्यरलाई मौका दिएका छैनन् ।

चोपडाले अय्यरको स्थानमा मनिष पाण्डेलाई स्थान दिएका छन् । उनले अलराउन्डरको रूपमा हार्दिक पाण्ड्यालाई  छानेका छन् । साथै, चोपडाले वासिङ्टन सुन्दरलाई पनि प्लेइङ-११ मा छानेका छन् ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

आकाशले आफूले छानेको भारतको प्लेइङ-११ मा थांगारासु नटराजन र दीपक चाहरलाई पनि समावेश गरेका छन् । भारत र अष्ट्रेबीचको टी-२० सिरिजको दोस्रो म्याच आज दिउँसो १ः५५ बजेदेखि सुरु हुँदैछ ।

आकाशले छानेको भारतीय टिमको प्लेइङ-११ : केएल राहुल, शिखर धवन, विराट कोहली (कप्तान), मनीष पाण्डे, हार्दिक पाण्ड्या, सञ्जु सामसन, वाशिङ्टन सुन्दर, युजवेन्द्र चहल, दीपक चाहर, टी नटराजन, मोहम्मद शमी/जसप्रीत बुमराह ।

यो पनि पढ्नुहोस : पहिलो म्याचको हारपछि अस्ट्रेलियाले भित्र्यायो २ बर्ष देखि टि-२० नखेलेका यी स्टार स्पिनर

आकाशले छानेको अस्ट्रेलिया टिमको प्लेइङ-११ : आरोन फिन्च (कप्तान), डाअर्सी शर्ट, म्याथ्यू वेड (वि.की), स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मोइसेस हेनरिक्स, सीन एबट/ क्यामरन ग्रीन, मिचेल स्टार्क, मिचेल स्वीपसन, एडम जम्पा र जोश हेजलवुड ।

वानडे सिरिज : यी हुन् यो बर्ष भारतीय टीमको लागि सर्वाधिक अर्धशतक बनाउने ३ ब्याट्सम्यान

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker