दक्षिण अफ्रिकाका कप्तान क्विन्टन डीककले कति लिन्छन तलब ?

काठमाडौं, २१ मंसिर : दक्षिण अफ्रिका क्रिकेट टिमका कप्तान क्विन्टन डीक वर्तमान समयमा विश्व क्रिकेटका स्टार क्रिकेटरका रूपमा परिचित छन् । दक्षिण अफ्रिकाका यी युवा क्रिकेटर लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

ब्याटिङका साथ उनी विकेटकीपिङ पनि शानदार गर्छन् । क्विन्टनले अहिले दक्षिण अफ्रिका टीमको नेतृत्व गरिरहेका छन् ।

यो पनि पढ्नुहोस : पहिलो म्याचको हारपछि अस्ट्रेलियाले भित्र्यायो २ बर्ष देखि टि-२० नखेलेका यी स्टार स्पिनर

फाफ डुप्लेसीले राजीनामा दिएसँगै वानडे, टी-२० र टेष्ट टीमको कप्तानी डिककले गरिरहेका छन् । तलबको कुरा गर्ने हो भने क्रिकेट साउथ अफ्रिकाले क्विन्टनलाई २०२० मा वार्षिक ४ करोड रुपैयाँ दिएको थियो ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

 

अब सबै फरम्याटको कप्तानी पाएका उनको तलब वृद्धि हुन सक्छ । अन्तर्राष्ट्रिय कप्तानको रूपमा सर्बाधिक बढी तलब पाउने इंग्ल्याण्ड टेष्ट टिमका कप्तान जो रुट हुन् ।

इंग्ल्याण्ड क्रिकेट बोर्डले २०२० मा उनको तलब वार्षिक तलब १३ करोड ४ लाख रुपैयाँ तोकेको छ ।

अहिले उनीपछि सर्वाधिक तलब पाउने कप्तानको सूचीमा विराट कोहली दोस्रो स्थानमा आउँछन् । उनले वार्षिक रूपमा ११ करोड २० लाख रुपैयाँ तलब बुझ्छन् ।

भारत भर्सेस अष्ट्रेलिया : आकाश चोपडाले छाने प्लेइङ-११, यी खेलाडीले पाए मौका

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker