टी–२० वरियतामा राहुलले उछिने फिन्चलाई, अरू कसको स्थान कहाँ? (सूचीसहित)

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ टी–२० वरियता सार्वजनिक गरेको छ। जसमा भारतीय कप्तान विराट कोहली र केएल राहुलको वरियता सुधार भएको छ।
दुबैले आईसीसीले बुधवार सार्वजनिक गरेको टी–२० वरियतामा आफ्नो स्थान सुधार गरेका हुन्।
राहुल एक स्थान सुधार गरेर तेस्रो स्थानमा उक्लिएका छन्। भने कोहली आठौं स्थानमा छन्। इंग्ल्याण्डका डेविड मलान पहिलो स्थानमा यथावत् छन्।
भारत र अष्ट्रेलियाबीचको तीन म्याच टी–२० सिरिजको अन्तिम खेलमा अर्धशतक बनाएका कोहली नवौंदेखि आठौं स्थानमा पुगेका हुन्।
पहिलो टी–२० मा ५१ रन बनाएका राहुल चौथोबाट तेस्रो स्थानमा उक्लिएका छन्। मालन पहिलो तथा पाकिस्तानका कप्तान बाबर आजम दोस्रो नम्बरमा छन्।
आईसीसीले बुधवार टी–२० ब्याट्सम्यानको अन्तिम श्रेणीकरण समेत जारी गरेको छ। इंग्ल्याण्डका मलान ९१५ अंकको साथ पहिलो स्थानमा छन्।
पाकिस्तानका बाबर ८७१ अंकका साथ दोस्रो स्थानमा रहेका छन्। भारतीय ओपनर राहुल ८१६ अंक पाउँदै चौथोबाट तेस्रो स्थानमा पुगेका छन्।
अष्ट्रेलियाका कप्तान आरोन फिन्च तीन नम्बरबाट चौथोमा पुगेका छन्। फिन्चले भारतविरुद्धको दोस्रो टी–२० खेल खेल्न सकेन। उनी तेस्रो खेलमा शून्य आउट भएका थिए। कोहलीले ६७९ अंक पाएर आठौं स्थानमा रहेका छन्।
यस्तो छ नयाँ टी–२० वरियता: