श्रीलंकासँगको सिरिजका लागि दक्षिण अफ्रिकी टोलीको घोषणा, यी खेलाडीले पाए मौका

काठमाडौं: श्रीलंकासँगको टेष्ट सिरिजका लागि दक्षिण अफ्रिकाले टोलीको घोषणा गरेको छ।
क्विन्टन डीककको कप्तानीमा शुक्रबार क्रिकेट दक्षिण अफ्रिकाले १५ सदस्यीय टोलीको घोषणा गरेको हो। उसले श्रीलंकाविरुद्ध दुई खेलको टेष्ट सिरिज खेल्नेछ।
घोषणा गरिएको टिममा केही नयाँ अनुहारहरू पनि समावेश छन्। सेरेल एर्वी, ग्लेनटन स्टुरम्यान र काइल भेरिनले पहिलो पटक टेष्ट टिममा स्थान बनाएका छन्।
भियाला मुल्डर लामो समयपछि राष्ट्रिय टिममा फर्किएका छन्। कागिसो रबाडा र ड्वेन प्रेटोरियसलाई चोटका कारण टिमबाट बाहिर राखिएको छ। पूर्व कप्तान फाफ डुप्लेसिस पनि टोलीका सदस्य छन्।
दक्षिण अफ्रिका र श्रीलंकाबीचको पहिलो टेस्ट सेन्चुरियनमा २६ देखि ३० डिसेम्बरसम्म चल्नेछ भने दोस्रो खेल ३ देखि ७ जनवरीसम्म खेल्ने छ।
दक्षिण अफ्रिकी टोली
क्विन्टन डीकाक (कप्तान/विकेटकीपर), तेन्बा बावूमा, आइडन मार्करम, फाफ डुप्लेसिस, ब्यूरन हेन्ड्रिक्स, डीन एल्गर, केशव महाराज, लुंगी एनगिडी, रस्सीभानडर दुसेन, सार्ल एर्वी, एनरिक नोर्टज, ग्लेनटन स्टुरम्यान, भियान मल्टेर, कीगन पीटरसन र र काइल वर्रेन।