अष्ट्रेलियाविरुद्ध पन्त र विहारीको शतक, दुवैले गरे छक्का/चौकाको वर्षा

काठमाडौंः भारतीय क्रिकेट टिमका विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तले अष्ट्रेलियाविरुद्ध शानदार शतक बनाएका छन्।

अस्ट्रेलिया ‘ए’विरुद्ध डे नाइट वार्म–अप खेलमा उनले शतक पूरा गरेका हुन्। दिनको अन्तिम ओभरमा पन्तले २२ रन बनाएर ७३ बलमा शतक पूरा गरे।

पहिलो इनिङ्समा पाँच रनमै आउट भएका पन्त आज भने उत्कृष्ट खेले। उनले ६ छक्का र ९ चौकासहित १०३ रन बनाए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

भारतीय टिमले दोस्रो दिन अस्ट्रेलिया ‘ए’विरुद्ध ४७२ रनको ठूलो अग्रता बनाएको छ। भारत र अष्ट्रेलिया ‘ए’ बीच खेल्ने दोस्रो अभ्यास खेलमा भारतीय टिमले उत्कृष्ट पुनरागमन गरेको छ।

पहिलो इनिङ्समा १९४ रन मात्र बनाउन सकिएको टिम इण्डियाले दोस्रो इनिङ्समा ४ विकेटको क्षतिमा ३८६ रन बनाएको छ। दोस्रो दिनको खेलमा पन्त १०३ र हनुमा विहारी १०४ रन बनाए।

विहारीले १९४ बलमा १३ छक्कासहित अविजित १०४ रन बनाए। भारतका शुभमन गिलले ६५, मयंक अग्रवालले ६१, कप्तान आजिक्य रहाणेले ३८ रनको योगदान दिए।

अष्ट्रेलियाले पहिलो इनिङ्मा केवल १०८ रन मात्र बनाएको थियो।

भारत र अष्ट्रेलियाबीच आईसीसी वर्ल्ड टेष्ट च्याम्पियनसिपअन्तर्गत पहिलो टेष्ट म्याच डिसेम्बर १७ देखि एडिलेइडमा सुरु हुँदैछ। जुन डे–नाइट टेष्ट हुनेछ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker