इंग्ल्याण्डले श्रीलंका बिरुद्ध बनायो अनौठो रेकर्ड, टेस्ट क्रिकेटको १४५ बर्षको इतिहासमा पहिलो पल्ट यस्तो भयो !

काठमाण्डौ : इंग्ल्याण्ड र श्रीलंका बीच २ म्याच को टेस्ट सिरिज चलिरहेको छ सिरिज को दौरान यो टेस्ट इतिहासमा पहिलो पटक यस्तो भएको हो | इंग्ल्याण्ड बिरुद्ध पहिलो पारीमा ३८१ रन बनाएको श्रीलंका ले दोस्रो पारीमा १२६ रन बनाउदै सबै विकेट गुमाएको छ |
१४५ बर्षको टेस्ट क्रिकेट इतिहासमा यो पहिलो चोटी यस्तो भएको हो | पहिलो पारीमा इंग्ल्याण्डले श्रीलंकाको सम्पूर्ण विकेट तिब्र गतिका बलरले लिएका थिए भने दोस्रो पारीमा सम्पूर्ण विकेट स्पिनरले लिएका छन् |
पहिलो पारीमा एण्डरसनको घातक बलिङ : ३८ बर्षिय तिब्र गतिका बलर एण्डरसनले श्रीलंका बिरुद्ध पहिलो पारीमा ६ विकेट लिएका छन् | उनले २९ ओभरमा ४० रन खर्चियर ६ विकेट लिएका हुन् | त्यस्तै मार्क वुडले ३ र स्याम कुरनले १ विकेट लिएका छन् | यी ३ बलरनै फास्ट बलर हुन् जसले पहिलो पारीको सम्पूर्ण विकेट लिए |
Sri Lanka are all out for 126 👀
क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !Jack Leach and Dom Bess snare four scalps each ☝️
England need just 164 runs to win the second Test!#SLvENG ➡️ https://t.co/3ZC7G8CMYp pic.twitter.com/W2AVUE2vNM
— ICC (@ICC) January 25, 2021
दोस्रो पारीमा बेस र ज्याकको घातक बलिङ : श्रीलंकाको खिलाफ दोस्रो पारीमा डोम बेस, ज्याक लिच र जो रुट ले १२६ रनमै अल आउट गरेका छन् | बेसले १६ ओभरमा ४९ रन दिएर ४ विकेट लिए त्यस्तै लिचले १४ ओभरमा ५९ रन दिएर ४ विकेट लिए त्यस्तै २ विकेट जो रुटले लिएका छन् | दोस्रो पारीमा सबै विकेट स्पिनरले लिएका छन् |
१४५ बर्षमा पहिलो पटक यस्तो भयो : श्रीलंका टिमको पहिलो पारिमा १० विकेट फास्ट बलरले लिय त्यस्तै दोस्रो पारीमा १० विकेट सबै स्पिनर ले लिय | टेस्ट क्रिकेटको सुरुवात सन् १८७६ बाट भएको थियो तर आजसम्म यस्तो कहिले भएको थिएन | कुनै एक पारीमा सबै विकेट अहिलेसम्म एकै खालका बलरले लिएका थियनन |