‘रिलिज’ भएका यी ३ ब्याट्सम्यान, जो आगामी आईपीएल अक्सनमा बिक्ने छैनन् !

काठमाडौंः आईपीएल २०२१ को लागि सबै टिमहरू तयारीमा जुटेका छन्। टिमहरुले रिलिज र रिटेन खेलाडीहरूको सूची समेत जारी गरिसकेका छन्।

आईपीएल मिनी अक्सन अर्को महिनाको १८ तारिखमा आयोजना हुँदैछ। यस पटक त्यहाँ कुनै मेगा लिलामी हुने छैन। केवल केही खेलाडीहरुमा बोली लाग्नेछ।

यद्यपि यो मिनी लिलामी चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्स जस्ता टोलीहरूका लागि पनि महत्त्वपूर्ण छ।

आरपीबी र किंग्स इलावेन पञ्जाबका लागि आईपीएल २०२१ को लिलामी सबैभन्दा महत्त्वपूर्ण छ किनकि यी दुई टोलीले सर्वाधिक खेलाडीहरू रिलिज गरेका छन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

आईपीएल लिलामीमा धेरै खेलाडी महँगोमा बिक्री हुन सक्छन्। यद्यपि, यहाँ केही यस्ता खेलाडीहरू छन्। टोलीले रिलिज गरेपछि अब आईपीएल लिलामीमा बोली नलाग्न सक्छ।

यी तीन खेलाडीहरू आईपीएलमा आ–आफ्नो टिमका लागि ओपनर ब्याट्सम्यान थिए तर खराब प्रदर्शनका कारण उनीहरू रिलिज भए। अब सायद कुनै टोलीले आगामी लिलामीमा उनीहरुमाथि बोली लगाउने छैनन्। आज हामी तीन यस्ता खेलाडीको बारेमा चर्चा गर्दैछौँ, जो आगामी सिजनका लागि बिक्री नहुन सक्छन्।

३. मुरली विजय

ओपनर मुरली विजय आईपीएलमा चेन्नई सुपर किंग्स टिमको हिस्सा थिए तर अघिल्लो सिजन उनका लागि राम्रो हुन सकेन।

उनले आईपीएल २०२० मा केवल तीन खेल खेल्ने अवसर पाए। जसमा उनले १०.६६ को औसत र ७४.४१ को स्ट्राइक रेटमा ३२ रन बनाए।

यही कारण अर्को सिजनअघि चेन्नई सुपर किंग्सले उनलाई आफ्नो टिमबाट रिलिज गरेको छ। उनको लगातार खराब प्रदर्शनका कारण आईपीएल २०२१ को लिलामीमा शायद कुनै टिमले किन्ने छैन।

२. टम ब्यान्टन

इंग्ल्याण्डका युवा ब्याट्सम्यान टम ब्यान्टनमाथि गत सिजनको केकेआर टोलीले धेरै अपेक्षा राखेको थियो। तर, उनले आईपीएल २०२० मा आफ्नो प्रतिभा देखाउन धेरै अवसर प्राप्त गरेन। उनले दुई खेलमा ९ को औसतमा १८ रन बनाए। उनको स्ट्राइक रेट ९०.०० थियो।

उनलाई आईपीएल २०२१ को लिलामीअघि कोलकाता नाइट राइडर्सले रिलिन गरेका छ। उनको प्रदर्शनलाई ध्यानमा राख्दै सम्भवतः कुनै पनि टिमले आईपीएल लिलामीमा उनीमाथि बोली लगाउने छैनन्।

१.आरोन फिन्च

गत आईपीएल सिजनमा अष्ट्रेलियाका कप्तान आरोन फिन्च रोयल चैलेन्जर बैंग्लोर टोलीका सदस्य थिए। आरसीबीको टोलीले उनीबाट धेरै अपेक्षा राखेको थियो।

तर, उनले अपेक्षाकृत प्रदर्शन गर्न सकेन। फिन्चले आईपीएल २०२० मा कुल १२ खेल खेल्दै २२.३३ को औसत र १११.२० को स्ट्राइक रेटमा २६८ रन बनाए।

आरसीबीले फिन्चलाई २०२१ को आईपीएल लिलामी अघि नै रिलिज गरिसकेको छ। अर्को लिलामीमा उनलाई सायद कुनै पनि टिमले किन्ने छैनन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker