यी ५ टोली पुगे बीबीएलको ‘प्लेअफ’ मा, को–को बाहिरिए?

काठमाडौं: अष्टेलियामा जारी १०औँ सिजनको बिग बास लिग (बीबीएल) को प्लेअफमा पुग्ने पाँच टोलीको टुंगो लागेको छ।

सिड्नी सिक्सर्स, सिड्नी थन्डर, ब्रिसबेन हिट पर्थ स्कोरचर्स र एडिलेड स्टाइकर्स प्लेअफमा पुगेका हुन्।

होबार्ट हरिकेन्स, मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स भने लिग चरणबाटै बाहिरिएका छन्। पर्थ र सिड्नी सिक्सर्स पहिलो र दोस्रो स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेका छन्।

प्लेअफ पुग्न सकेन होबार्ट

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स लिग चरणबाटै बाहिरिएको छ। आफ्नो लिग चरणको अन्तिम खेलमा होबार्ट मेलबर्न रेनेगड्ससँग ११ रनले पराजित भएसँगै अघिल्लो चरणको सम्भावना सकिएको हो।

मेलबर्नले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

उसका लागि डेविड मलानले सर्वाधिक ३४ रन बनाए।

यस्तै,डार्सी सर्टले २९, कप्तान म्याथ्यू वेडले १३, पीटर ह्यान्ड्सकम्बले १९, टिम डेविडले १४, विल ज्याक्स १३ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा जाक इभन्सले सर्वाधिक ५ विकेट लिए। यस्तै, इमाद वसीम, विल सुदरल्याण्ड र पीटर हत्जोग्लो एक–एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको मेलबर्नले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो

उसका लागि बेउ स्टारले शानदार ब्याटिङ गरे। उनले ३५ बलमा ४ चौका र एक छक्कासहित अविजित ५४ बनाए।

यस्तै, म्याकेन्जी हार्वेले ४०, बेउ स्टारले साम हार्परले १९, शन मार्शले १२ र इमाद वसिमले अविजित १२ रन बनाए।

बलिङमा रिले मेरिडेथले ३, डार्सी सर्ट र स्कट बोल्याण्डले एक–एक विकेट लिए।

सन्दीपको प्रदर्शन

होबार्ट हरिकेन्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछाने विकेटविहीन बनेका छन्।

आज ४ ओभर बलिङ गरेको सन्दीपले बिनाविकेट ३५ रन खर्चिए।

चौथो ओभर उनको निकै महँगो साबित भयो। उनले चौथो ओभरमा २ छक्कासहित १५ रन खर्चिए।

यसअघि पहिलो, दोस्रो र तेस्रो ओभरमा क्रमशः ७, ८ र ५ रन खर्चिए। उनले अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

जारी प्रतियोगितामा सन्दीपले ८ म्याचमा ८ विकेट लिएका छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker