यी ४ टिम : जसलाई भारतले सबैभन्दा धेरैपटक वानडे म्याचमा हराएको छ

काठमाण्डौ, माघ १३ : भारतीय टिमले आफ्नो पहिलो एकदिवसिय अन्तरास्ट्रिय खेल सन् १९७४ मा इंग्ल्याण्ड बिरुद्ध खेलेको थियो |  अहिले सम्म भारतले ९९० वानडे म्याच खेलिसकेको छ | यसमा भारतलाइ ४२६ म्याचमा हार रा ५१४ म्याचमा जित हाशिल भएको छ |

९९० म्याचमा भारतले सबैभन्दा धेरै वानडे म्याच श्रीलंका बिरुद्ध खेलेको छ | त्यसको अलावा भारतले अस्ट्रेलिया, वेस्टइन्डिज,पाकिस्तान,न्युजील्याण्ड र इंग्ल्याण्ड बिरुद्ध १०० वा सो भन्दा बढी वानडे म्याच खेलेको छ |

भारतीय टिमले अहिले सम्म अस्ट्रेलिया,वेस्टइन्डिज,पाकिस्तान,न्युजील्याण्ड, इंग्ल्याण्ड र जिम्बावेलाइ ५० भन्दा धेरै म्याच हराएको छ | आज हामि भारतीय टिमले सबैभन्दा धेरै पटक वानडे म्याचमा हराएको ४ टिमको चर्चा गर्नेछौ :

४. न्युजील्याण्ड ( ५५ ) : न्युजील्याण्डबिरुद्ध भारतले अहिले सम्म ११० वानडे म्याच खेलेको छ | जसमा ५५ म्याचमा भारतले न्युजील्याण्डलाइ हराउन सफल भएको छ | त्यस्तै ४९ माचमा हार व्यहोरेको छ | त्यहि १ खेल टाई भएको छ र १० खेल परीणाम बिहिन भएका छन् | पछिल्लो १० म्याचमा भारलले न्युजील्याण्डलाइ ५ म्याचमा हराएको छ |

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

दुबै टिम बीच पहिलो चोटी वानडे मुकाबला सन् १९७५ को वर्ल्डकपमा भएको थियो | जसमा न्युजील्याण्डले भारतलाइ ४ विकेटले हराएको थियो | अन्तिम पटक यी दुइ टिम बीच म्याच फेब्रुवरी २०२० मा भएको थियो | जसमा ३ म्याचको वानडे सिरिज खेलिएको थियो |जसमा न्युजील्याण्डले भारतलाइ क्लिन स्विप गरेको थियो |

३. पाकिस्तान ( ५५  ) : चिर प्रतिद्वन्दी टिम पाकिस्तान बिरुद्ध भारतले १३२ म्याच खेलेको छ जसमा भारतले ७३ म्याच मा हार र ५५ म्याचमा जित हाशिल गरेको छ | त्यस्तै ४ म्याच नतिजा बिहिन रहे | पछिल्लो १० म्याचमा भारतले पाकिस्तानलाइ ७ पटक हराएको छ |

दुबै टिम बीचको पहिलो वानडे म्याच सन् १९७८ मा भएको थियो जसमा भारतले क्वेटामा ४ रनले पाकिस्तानलाइ हराएको थियो | अन्तिम पटक दुइ टिमबीच म्याच २०१९ को वर्ल्ड कप मा भएको थियो जसमा भारतले पाकिस्तानलाइ ८९ रनले हराएको थियो |

२. वेस्टइण्डिज ( ६४ ) : वेस्टइण्डिज बिरुद्ध भारतले अहिले सम्म १३३ वानडे म्याच खेलेको छ जसमा भारतले 64 म्याचमा जित र ६३ म्याचमा हारको सामाना गरेको छ | दुइ टिम बीचको दुइ म्याच टाई भएको थियो भने ४ म्याचको म्याच नतिजा बिहिन भएको थियो | पछिल्लो १० म्याचमा भारतले वेस्टइण्डिजलाइ ७ म्याचमा हराएको छ |

दुबै टिम बीचको पहिलो म्याच सन् १९७९ को वर्ल्ड कपमा भएको थियो | जसमा वेस्टइण्डिजले भारतलाइ ९ विकेटले हराएको थियो | अन्तिम पटक दुइ टिम बीचको खेल डिसेम्बर २०१९ मा ३ म्याचको वानडे सिरिज भएको थियो जसमा भारतले वेस्टइण्डिजलाइ २-१ ले हराएको थियो |

१ श्रीलंका ( ९१ ) : भारतीय टिमले श्रीलंका बिरुद्ध अहिलेसम्म सर्वाधिक १५९ म्याच खेलेको छ | जसमा भारतले सबैभन्दा धेरै ९१ म्याच मा जित हाशिल गरेको छ | श्रीलंकाले भारतलाइ ५६ म्याचमा हराएको थियो | दुवै टिमको बीच एक म्याच टाई भएको थियो र ११ म्याच नतिजा बिहिन भएको थियो | पछिल्लो १० म्याच मा भारतले श्रीलंकालाइ ८ म्याच मा हराएको छ |

दुबै टिम बीचको पहिलो म्याच सन् १९७९ को वर्ल्डकप मा भएको थियो जसमा श्रीलंकाले भारतलाइ ४७ रनले हराएको थियो | अन्तिम पटक दुइ टिम बीचको खेल २०१९ को वर्ल्डकपमा भएको थियो जसमा भारतीय टिमले श्रीलंका लाइ ७ विकेटले हराएको थियो |

यो पनि पढ्नुहोस : खुसीको खबर : नेपालले चाँडै कतारमा टी-२० प्रतियोगिता खेल्ने

यो पनि पढ्नुहोस : यी ५ टोली पुगे बीबीएलको ‘प्लेअफ’ मा, को–को बाहिरिए?

यो पनि पढ्नुहोस : पाकिस्तानबिरुद्ध खेल्ने टि-२० सिरिजको लागि अफ्रिकाको टोलि घोषणा, यी खेलाडीले पाए मौका

यो पनि पढ्नुहोस : मिचेल स्टार्क टिमबाट बाहिरिने खतरा, रिकी पोन्टिङले उठाय प्रश्न ?

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker