न्यूजिल्याण्डविरुद्ध टी–२० सिरिज खेल्ने अष्टेलियाको टोली घोषणा, यी खेलाडीले पाए मौका

काठमाडौं: न्यूजिल्याण्डविरुद्धको टी–२० सिरिजका लागि अष्ट्रेलियाले टिम घोषणा गरेको छ। बुधबार अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो।
उपकप्तानको भूमिका म्याथ्यू वेडले निभाउने छन्। क्रिकेट अष्टेलियाले टिममा नयाँ खेलाडीहरुलाई अवसर दिएको छ। अष्टेलियामा जारी बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई अष्टेलियाले टिममा स्थान दिएको हो।
स्पिनर तनवीर सांघा, तीव्र गतिका बलर रिले मेरिडेथ, ब्याट्सम्यान जोश फिलिपले पहिलो पटक टिममा स्थान बनाएका छन्।
त्यस्तै, झा रिचर्डसनले २ वर्षपछि टी–२० टिममा पुनरागमन गरेका छन्। स्टिभ स्मिथ, डेविड वार्नर, मिचेल स्टार्क, प्याट कमिन्स, मोइसेस हेनरिक्सलाईलाई भने न्यूजिल्याण्डसँगको टी–२० सिरिजमा विश्राम दिइएको छ। उनीहरूलाई टेष्ट टिममा समावेश गरिएको छ।
न्यूजिल्याण्ड र अष्ट्रेलियाबीचको पाँच खेलको टी–२० सिरिज २२ फेब्रअुरीदेखि सुरु हुनेछ । यी दुई टिमबीचको सिरिज न्यूजिल्याण्डमा हुनेछ।
अष्ट्रेलिया टी–२० टोली :
आरोन फिन्च (कप्तान), म्याथ्यू वेड (उपकप्तान), एस्टन अगर, जेसन बेहरेन्डोर्फ, मिचेल मार्श, ग्लेन म्याक्सवेल, बेन म्याकडर्मोट, रिले मेरिडिथ, जोश फिलिप, केन रिचर्डसन, झा रिचर्डसन, डेनियल साम्स, तनवीर सांघा, डार्सी शर्ट, मार्कस स्टोइनिस, एस्टन टर्नर, एन्ड्र्यू टाय र एडम जम्पा।