दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिज खेल्ने अष्ट्रेलियाको टिम घोषणा

काठमाडौंः दक्षिण अफ्रीका भ्रमणसँगको टेष्ट सिरिजका लागि अष्ट्रेलियाले टिम घोषणा गरेको छ। बुधबार क्रिकेट अष्ट्रेलियाले टिम पेनको कप्तानीमा १९ सदस्यीय टिम घोषणा गरेको हो।

भारतविरुद्धको श्रृंखलामा खराब प्रदर्शन गरेका म्याथ्यू वेडले टिममा स्थान पाएका छैनन्। उनको ठाउँमा एलेक्स क्यारीलाई टिममा समावेश गरिएको छ।

वेडले टी–२० टिमको साथ न्यूजिल्याण्डको भ्रमण गर्नेछन्। जहाँ अष्ट्रेलियाले पाँच खेलको टी–२० सिरिज खेल्नेछ। अष्ट्रेलियाको टोली दक्षिण अफ्रिका र न्यूजिल्याण्डको भ्रमण गर्दैछ।

न्यूजिल्यान्डका लागि अष्ट्रेलियाको टिम फेब्रुअरी ७ मा प्रस्थान गर्नेछ। यसै समयमा अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध तीन म्याचको टेष्ट सिरिज पनि खेल्नुपर्नेछ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

क्यारी बाहेक अन्य चार खेलाडीहरू पनि अष्ट्रेलियाको टेष्ट टिममा सामेल भएका छन्। शन एबट, माइकल नीजर, मिशेल स्व्यापसन र मार्क स्टिकेटीले टिममा स्थान बनाएका छन्।

भारतविरुद्ध चार खेलको टेष्ट श्रृंखलामा म्याथ्यू वेडको प्रदर्शन राम्रो थिएन। उनले २१.२६ को औसतमा १७३ रन बनाए। डेभिड वार्नर, मार्कस ह्यारिस र विल पुकोव्स्की पनि टिममा रहेका छन्।

दक्षिण अफ्रिकाविरुद्ध टेष्ट खेल्ने अष्ट्रेलियाको टिम:

टिम पेन (कप्तान), प्याट कमिन्स, शन एबट, एलेक्स क्यारी, क्यामरन ग्रीन, मार्कस ह्यारिस, जोश हेजलवुड, ट्रभिस हेड, मार्नस लाबुसेन, मोइस हेनरिक्स, नाथन लियोन, माइकल नीजर, जेम्स प्याटिनसन, विल पुकोवस्की, स्टिभ स्मिथ, मिशेल स्टार्क, मार्क स्टेक्टी, मिशेल स्वप्सन र डेभिड वार्नर।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker