बीबीएलको १०औँ सिजनमा यस्तो रह्यो सन्दीपको प्रदर्शन

काठमाडौंः नेपाली लेगस्पिनर सन्दीप लामिछाने तेस्रो पटक अष्टेलियाको चर्चित बिग बास लिग खेले। लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका सन्दीपले यसपटक होबार्ट हरिकेन्सबाट खेलेका हुन्।

सन्दीपले बीबीएलमा होबार्टका लागि २ जनवरीमा ‘डेब्यू’ गरे। पूर्व क्लब मेलबर्न स्टार्सविरुद्ध सुरुवाती–११ मा पर्दै सन्दीपले हरिकेन्सका लागि डेब्यू गरेका थिए।

डेब्यू म्याचमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे। उनले उक्त खेलमा ३८ रन खर्चिएर २ विकेट लिएका थिए। उक्त खेलमा मेलबर्नका हिल्टन कार्टराइटलाई बोल्ड गरेका सन्दीपले बेन डन्कलाई विकेटकिपर बेन म्याकडर्मोट क्याच आउट गराए। यो खेलमा हरिकेन्स २१ रनले विजयी भएको थियो।

सन्दीपले दोस्रो म्याच पनि मेलबर्न स्टार्सविरुद्ध नै खेले। उक्त खेलमा पनि सन्दीपले राम्रै प्रदर्शन गरे। उक्त खेलमा सन्दीपले ४ ओभरमा ३६ रन खर्चेर एक विकेट लिए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

मेलबर्नका कप्तान तथा विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई ‘एल्बीडब्यू’ आउट गरे। यो खेल होबार्टले जित्न सकेनन्। मेलबर्न यस खेलमा १० रनले विजयी भएको थियो।

आफ्नो तेस्रो खेलमा सन्दीपले किफायती बलिङ गरे। सिड्नी थन्डरविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले ४ ओभरमा २३ रन दिएर १ विकेट लिए। कलुम फर्ग्युसनलाई जोहान बोथाको हातबाट क्याच आउट गराए। सन्दीपले राम्रो बलिङ गरेपनि टिमले जित हात पार्न सकेन। उक्त खेलमा सिड्नी ३९ रनले विजयी भएको थियो।

व्यक्तिगत चौथो म्याच सन्दीपले पर्थ स्कोरचर्सविरुद्ध खेले। उक्त खेलमा सन्दीप विकेटविहीन बने। ३ ओभर बलिङ गर्न पाएका सन्दीपले २३ रन खर्चेर विकेट लिन सकेनन्। उक्त खेलमा पनि होबार्ट हरिकेन्स पराजित भएको थियो। होबार्टले दिएको १ सय ४० रनको लक्ष्य पर्थले १६.२ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टाएको थियो।

पाँचौं म्याचमा पनि सन्दीप विकेटविहीन नै बने। सिड्नी थन्डरविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले बिनाविकेट २८ रन खर्चिर। सन्दीप विकेटविहीन बने पनि उक्त खेल होबार्टले जित्यो। विकेटकिपर बेन म्याकडर्मोटले ९६ रनको शानदार इनिङ्स खेलेपछि होबार्टले उक्त खेल ६ विकेटले जितेको थियो।

लगातार दुई खेलमा विकेटविहीन बनेका सन्दीपले आफ्नो छैटौं खेलमा भने शानदार प्रदर्शन गरे। उनले पर्थ स्कोरचर्सविरुद्ध ४ ओभरमा २७ रन खर्चिएर २ विकेट लिए। उक्त म्याचमा सन्दीपले पर्थका अलराउन्डर मिचेल मार्श र लायम लिभिन्स्टोनलाई आउट गरेका थिए।

सन्दीपले उत्कृष्ट बलिङ गरेपनि उक्त खेलमा टिम भने पराजित भयो। उक्त खेलमा पर्थले होबार्टमाथि २२ रनको जित निकालेको थियो।

आफ्नो सातौं खेलमा पनि सन्दीपले सिजकै उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले सिड्नी सिक्सर्सविरुद्ध ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिए। १०औँ सिजनको बीबीएलमा यो नै सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो। उक्त खेलमा होबार्ट ७ रनले विजयी भएको थियो।

लिग चरणको अन्तिम खेल तथा महत्वपूर्ण खेलमा सन्दीप विकेटविहीन बने। मंगलबार मेलबर्न रेनेगेड्सविरुद्धको महत्वपूर्ण खेलमा सन्दीपले ४ ओभरमा बिनाविकेट ३५ रन खर्चिए।

सन्दीपले यो सिजनमा ८ खेलमा ७.५५ को इकोनमीमा ८ विकेट लिए। जसक्रममा उनी तीन खेलमा भने विकेटकविहीन भएका थिए।

विगत सिजनभन्दा यो पटक सन्दीपका लागि बीबीएल निराशाजनक रह्यो। कोरोनामुक्त पछि अष्ट्रेलिया उडेका उनले सुरुवातदेखि नै शानदार लय देखाउन सकेनन्।

नेपालबाट अष्ट्रेलिया उड्न ढिलाइ गरिसकेकाले सन्दीपले बीबीएलका सुरुवात ६ म्याच गुमाए। जसकारण पनि उनले यो पटक धेरै विकेट लिन सकेनन्।

सन्दीपको प्रदर्शन उत्कृष्ट नुहँदा पनि होबार्ट प्लअ‍ेफ नपुग्दै बाहिरिएको छ। मंगलबार मेलबर्न रेनेगेड्ससँग ११ रनले पराजित हुँदै होबार्ट प्रतियोगिताबाट बाहिरिएको हो।

सन्दीप २०१८–१९ को सिजनका लागि मेलबर्न स्टार्समा जोडिएका थिए। उनले पहिलो सिजनमा सात म्याचमा ११ विकेट लिएका थिए। सो सिजनमा उनको उत्कृष्ट प्रदर्शन ११ रन दिएर ३ विकेट लिनु थियो।

२०१९–२० मा पनि सन्दीपले मेलबर्नबाटै बीबीएल खेले। सो संस्करणमा उनले मेलबर्नका लागि १३ म्याचमा ७.४४ को इकोनमीमा १५ विकेट लिएका थिए। नवौँ सिजनको बीबीएलमा उनको उच्च प्रदर्शन २६ रन दिएर ३ विकेट लिनु थियो।

तीन वर्षे बीबीएल करियरमा सन्दीपले २९ म्याचमा ७.३६ को इकोनमी रेटमा ३४ विकेट लिएका छन्। उनले २९ म्याचमा ७४८ रन दिँदा २२३ बल डट फ्याकेका छन्।

सन्दीपको तीन वर्षे बीबीएल :

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker