पीएम कप : पुलिसले पायो चुनौतीपूर्ण लक्ष्य, चम्किँए यी खेलाडी

काठमाडौंः चौथो संस्करणको  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई २ सय ४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो। उसका लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाए।

यस्तै, भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेल र कमल ऐरीले समान १९–१९, कप्तान शरद भेषवाकरले १८ रनको योगदान दिए। अविनास बोहरा १ १ र सूर्य तामाङ १ रनमा अविजित रहे।

बलिङमा आरिफ शेखले ३ विकेट लिँदा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीको नाममा २–२ विकेट रह्यो।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

आज दुई उपाधि दाबेदार क्लब जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ। एपीएफ समूह ‘ए’ को विजेता र पुलिस समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।

तेस्रो संस्करणमा पनि एपीएफ र पुलिस सेमिफाइनलमा खेलेका थिए। जहाँ पुलिसले एपीएफलाई हराउँदै फाइनल पुगेको थियो।

पुलिस र एपीएफबीचको विजेताले यस सिजन उपाधिका लागि बागमती र त्रिभुवन आर्मीबीचको विजेतासँग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पाउनेछ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker