यी ४ विदेशी अलराउन्डर : जो आईपीएल अक्सनमा महँगो मूल्यमा बिक्न सक्छन्

काठमाडौंः इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को अक्सन १८ फेब्रुअरीमा हुने भएको छ। आईपीएलले बुधबार १४ औं संकरणको लागि अक्सन १८ फेब्रुअरीमा चेन्नईमा गरिने जनाएको हो।

आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेका छन्। आईपीएलले टिमलाई खेलाडी रिलिज र रिटेनको मिति जनवरी २० सम्मको दिएको थियो।

अबको अक्सनमा हरेक टोलीले राम्रो अलराउन्डर टिममा भित्र्याउने प्रयास गर्नेछ। धेरै विदेशी अलराउन्डरहरू यस पटक लिलामीमा छन्। उनीहरू महँगो मूल्यमा बिक्री हुने सम्भावना छ। आज ४ विदेशी अलराउन्डरको बारेचमा चर्चा गर्दैछौँ, जो आईपीएल अक्सनमा महँगो मूल्यमा बिक्न सक्छन्।

काइल जेमिसन

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

न्यूजिल्याण्डका बलर जेमिसन पछिल्लो समय चर्चामा छन्। पाकिस्तानविरुद्धको घरेलु टेष्ट श्रृंखला पछि काइल जेमसनको नाम धेरै चर्चामा आएको हो।

उनी तीव्र गतिमा बलिङका साथै ब्याटिङ पनि गर्न सक्छन्। आसन्न आईपीएलमा उनीमाथि पनि बोली लाग्न सक्छ। ब्याटिङ एक अतिरिक्त फाइदा हो किनकि सबै टिमलाई अलराउन्डरहरू आवाश्यक हुन्छन्।

द्रुत बलिङका साथ विपक्षी टिमलाई विचलित गर्नुबाहेक जेमिसन पनि ब्याटमा राम्रो खेल्न सक्छन्। हालसालै उनले न्यूजिल्याण्डको लागि उत्कृष्ट प्रदर्शन गरेका थिए।

क्रिस मोरिस

अक्षिण अक्रिका अलराउन्डर क्रिस मोरिसलाई आईपीएल टिम आरसीबीले रिलिज गरेको छ। मोरिससँग बलिङका साथै ठूला शटहरू पनि हिर्काउने क्षमता छ।

उनी एक महान् अलराउन्डर हुन्। गत सिजनको प्रदर्शनलाई ध्यानमा राख्दै आरसीबीले उनलाई यस पटक रिलिज गर्यो। तर अन्य टोलीले अवश्य पनि उनलाई अक्सनमा टिममा भित्र्याउने प्रयास गर्नेछन्।

ग्लेन म्याक्सवेल

ग्लेन म्याक्सवेल युएईमा पछिल्लो आईपीएलमा किंग्स इलावेन पञ्जाबको लागि नराम्रो रूपमा फ्लप भए।

त्यस पछि उनले अष्ट्रेलियामा शानदार प्रदर्शन गरे। बिग बास लिगमा पनि उनको प्रदर्शन उत्कृष्ट नै रहेको छ।

किंग्स इलावेन पञ्जाबले उनलाई रिलिज गर्दै टोलीमा अर्को एक खेलाडीको लागि एक ठाउँ छोडेको छ। आईपीएल अक्सनमा धेरै टोलीहरू म्याक्सवेललाई महँगो मूल्यमा भित्र्याउन चाहानेछन्।

शाकिब अल हसन

हालसालै अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्ध पछि पुनरागमन गरेका शाकिब अल हसन वेस्ट इण्डिजविरुद्धको एकदिवसीय सिरिजमा ‘म्यान अफ द सिरिज’ बने।

निश्चित रुपमा पनि उनका अलराउन्ड प्रदर्शन देखेर टिमहरुले उनलाई भित्र्याउने प्रयास गर्नेछन्। उनले यसअघि पनि आईपीएल खेलिसकेका छन्।

उनीसँग आईपीएलको राम्रो अनुभव छ। आईपीएल अक्सनमा उनी महँगो मूल्यमा बिक्न सक्छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker