टी-१० मा कुशलले गरे डेब्यू, तोडे सन्दीपको यो कीर्तिमान

काठमाडौंः यूएईमा जारी टी–१० लिगमा नेपाली क्रिकेट टिमका अलराउन्डर कुशल मल्लले डेब्यू गरेका छन्। टिम आबुधाबीको प्लेइङ–११ मा पर्दै उनले टी–१० लिगमा डेब्य गरेका हुन्।

तेस्रो स्थानका लागि भइरहेको खेलमा आबुधाबीविरुद्ध कलन्दर्सले टस जितेर बलिङ रोजेको छ। यी दुई टोलीबीचको खेल ७ बजेदेखि सुरु हुँदैछ।

पहिलो एलिमिनेटरमा आबुधाबीसँग पराजित भएपछि कलन्दर्स प्लेअफमै रोकिएको थियो। आबुधाबी गएराति भएको खेलमा दोस्रो एलिमिनेटरमा नर्थन वारियर्ससँग पराजित भएपछि तेस्रो स्थानका लागि कलन्दर्सविरुद्ध खेल्न लागेको हो।

टी–१० लिग डेब्यू गरेसँगै कुशलले नेपालका लागि इतिहास रच्ने छन्। उनले कम उमेरमा विदेशी लिगमा डेब्यू गर्ने नेपाली खेलाडी बन्दै इतिहास रचेका हुन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

कुशलको उमेर अहिले १६ वर्ष छ। हालसम्म नेपालमा कम उमेरमा विदेशी लिग खेल्ने नेपाली क्रिकेटरको कीर्तिमान लेगस्पिनर सन्दीप लामिछानेको नाममा छ। उनले १२ मे २०१८ मा दिल्ली डेयरडेविल्सबाट खेल्दै आईपीएल डेब्यू गरेका थिए।

सन्दीपले १७ वर्षको उमेरमा आईपीएल डेब्यू गरेका थिए। डेब्यू म्याचमा उनले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध चार ओभरमा २५ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए।

आज कलन्दर्सविरुद्ध डेब्यू गरेसँगै सन्दीपको नाममा रहेको कम उमेरमा विदेशी लेग डेब्यू गर्ने खेलाडीको कीर्तिमान कुशलले आफ्नो नाममा गरेका छन्।

आबुधाबीको प्लेइङ-११ : पल स्टर्लिङ, बेन डकेट, नजीबुल्लाह जाद्रान, ल्यूक राइट (कप्तान), जेमी ओभरटन, लियोनार्डो जुलियन, रोहन मुस्तफा, कुशल मल्ल, कार्तिक मयप्पन, टम हेल्म र ओबेड म्याकोय।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker