आबुधाबीले दियो बलियो लक्ष्य, यस्तो रह्यो डेब्यू म्याचमा कुशलको प्रदर्शन

काठमाडौंः यूएईमा जारी टी–१० लिगअन्तर्गत तेस्रो स्थानका लागि टिम आबुधाबीले कलन्दर्सलाई एक सय २५ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङको मौका पाएको आबुधाबीले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर एक सय २४ रन बनायो।

उसका लागि नजीबुल्लाह जदरानले शानदार ब्याटिङ गरे। उनले १६ बलमा पाँच चौका र दुई छक्कासहित अविजित ४५ रन बनाए।

यस्तै, पल स्टर्लिङले २६, लियोनार्डो जुलियनले १९, कुशल मल्लले १८, बेन डकेटले ७ रनको योगदान दिए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मल्लले १२ बलमा एक चौका र एक छक्कासहित १८ रन बनाएका हुन्। मल्ललाई मोहम्मद जाहिदले क्लिन बोल्ड गरेका हुन्।

बलिङमा मोहम्मद जाहिदले २, अहमद डानियाल, अली खान, सोहेल तन्वीर र खुर्शीद अन्वरले एक–एक विकेट लिए।

आबुधाबीमा आवद्ध नेपाली क्रिकेट टिमका अलराउन्डर कुशलको यो डेब्यू म्याच हो। टी–१० लिग डेब्यूसँगै कुशलले नेपालका लागि इतिहास रच्ने छन्। उनले कम उमेरमा विदेशी लिगमा डेब्यू गर्ने नेपाली खेलाडी बन्दै इतिहास रचेका हुन्।

कुशलको उमेर अहिले १६ वर्ष छ। हालसम्म नेपालमा कम उमेरमा विदेशी लिग खेल्ने नेपाली क्रिकेटरको कीर्तिमान लेगस्पिनर सन्दीप लामिछानेको नाममा छ। उनले १२ मे २०१८ मा दिल्ली डेयरडेविल्सबाट खेल्दै आईपीएल डेब्यू गरेका थिए।

सन्दीपले १७ वर्षको उमेरमा आईपीएल डेब्यू गरेका थिए। डेब्यू म्याचमा उनले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध चार ओभरमा २५ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए। आज कलन्दर्सविरुद्ध डेब्यू गरेसँगै सन्दीपको नाममा रहेको कम उमेरमा विदेशी लेग डेब्यू गर्ने खेलाडीको कीर्तिमान कुशलले आफ्नो नाममा गरेका छन्।

कलन्दर्सको प्लेइङ-११ :

शार्जील खान, डानियल बेलड्रममण्ड, सोहेल अख्तर (कप्तान), बेन डंक, समित पटेल, फय्याज अहमद (विकेटकीपर), दानियल अहमद, सोहेल तनवीर, अली खान, खुर्शीद अनवर र मोहम्मद जाहिद ।

आबुधाबीको प्लेइङ-११ :

पल स्टर्लिङ, बेन डकेट, नजीबुल्लाह जाद्रान, ल्यूक राइट (कप्तान), जेमी ओभरटन, लियोनार्डो जुलियन, रोहन मुस्तफा, कुशल मल्ल, कार्तिक मयप्पन, टम हेल्म र ओबेड म्याकोय ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker