पूरनको टिमले जित्यो टी-१० लिगको उपाधि

काठमाडौंः यूएईमा जारी टी–१० लिगको ‘सुपर लिग’ प्रतियोगिताको उपाधि नर्थन वारियर्सले जितेको छ |

शनिबार भएको चौथो सिजनको फाइनलमा दिल्ली बुल्सलाइ ८ विकेटले हराउदै नर्थन वारियर्सले उपाधि जितेको हो |

दिल्लीले दिएको ८२ रनको लक्ष वारियर्सले ८.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो |

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

 

उसको लागि वसीम मुहम्मदले २७, निकोलस पूरनले १२,लेन्डल सिम्न्सले १४ र रोभम्यान पोवेलले नटआउट १६ रन बनाए

बलिङमा फिदेल एडवर्ड्स र शिराज अहमदले एक/एक विकेट लिए |

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ८१ रन बनाएको थियो |

उसको लागि रहमानुल्लाह गुर्बाजले १३, इभन लुइसले १०,शेरेफन रदरफोर्डले ४, मोहम्मद नाबिले २१, रभी बोपाराले ९, टम अबेलले ७,निम योंगले ७, वकस मक्सुदले १, र फिडेल एडवार्डले नटआउट १ रनको योगदान दिए |

बलिङमा रायद इमृतले १, जुनैद सिद्दीकीले २,महेश थिक्सानाले ३,फाबियन एलेनले १ र धनान्जय लक्ष्मणले २ विकेट लिय |

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker