श्रेयस अय्यर बने मुम्बईको कप्तान, टोलीमा छन् यी खेलाडी

काठमाडौंः भारतीय क्रिकेट टिमका ब्याट्सम्यान श्रेयस अय्यर मुम्बई टोलीको कप्तान बनेका छन्।

बुधबार मुम्बई क्रिकेट एसोसिएसनले ‘विजय हजारे ट्रफी प्रतियोगिता–२०२१’ को लागि मुम्बईको टोली घोषणा गरिएको छ। यस टुर्नामेन्टमा टिमको कप्तान अय्यर गर्नेछन् भने पृथ्वी शालाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

यसबाहेक यशस्वि जायसवाल, सूर्यकुमार यादव र तुषार देशपाण्डेलाई पनि टोलीमा समावेश गरिएको छ। अर्जुन तेन्दुलकरले टिममा स्थान बनाउन सकेनन्। पहिले उनी सम्भावित खेलाडीहरूको सूचीमा समावेश थिए।

अर्जुनलाई सय्यद मुश्ताक अली ट्रफीको लागि मुम्बई टिममा समावेश गरिएको थियो। तर, उनलाई विजय हजारे ट्रफीका लागि अवसर दिइएको छैन।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

सय्यद मुश्ताक अली ट्रफीमा मुम्बई टिमको नेतृत्व सूर्यकुमार यादवले गरेका थिए। मुम्बई नक आउट चरणमा पुग्न सकेन।

यसभन्दा अघि एमसीएले विजय हजारे ट्रफी २०२० को लागि एक सय सम्भावित खेलाडी छनोट गरेको थियो। जसमा श्रेयस अय्यर, पृथ्वी शा, सूर्यकुमार यादव र अर्जुन तेन्दुलकर जस्ता खेलाडीहरू थिए।

सूर्यकुमारको ठाउँमा श्रेयसलाई कप्तानीको जिम्मेवारी दिइएको हो।

सूर्यकुमार यादव

विजय हजारे ट्रफी २०२१ फेब्रुअरी २० मा सुरु हुनेछ। टुर्नामेन्ट देशका छ वटा सहरहरू सुरत, इंदौर, बैंग्लोर, जयपुर, कोलकाता र तमिलनाडुमा हुनेछ।

विजय हजारे ट्रफी २०२१ का लागि मुम्बईको टिम :

श्रेयस अय्यर (कप्तान), पृथ्वी शा, सूर्यकुमार यादव, यशस्वि जायसवाल, अखिल हरवाडकर, सरफराज खान, चिन्मय सुतार, आदित्य तारे, हार्दिक तामोर, शिवम् दुबे, आकाश पार्कर, आतिफ अतरवाला, शमस मुलानी, अथर्व अकोलेकर, सिराज पाटिल, सुजित, तनुष कोटियान, प्रशांत सोलन्की, धवल कुलकर्णी, तुषार देशपाण्डे, सिद्धार्थ राउत र मोहित अवस्थी।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker