भारतमा नेपाली मूलका जयको विस्फोटक ब्याटिङ, बनाए शानदार शतक

काठमाडौंः भारतमा जारी विजय हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाली मूलका क्रिकेटर जय विष्टले शानदार ब्याटिङ गरेका छन्।

उत्तराखण्डबाट प्रतियोगिता खेलिरहेका जयले आइतबार मेघालयविरुद्ध १ सय ४१ रनको उत्कृष्ट इनिङ्स खेलेका हुन्।

१ सय १९ बलको समाना गरेका उनले १९ चौका र तीन छक्काको मद्दतमा १ सय ४१ रन बनाए। उत्तराखण्डको जितमा जयको पारीले महत्वपूर्ण भूमिका खेलेको थियो।

विस्फोटक ब्याटिङ गरेका जयको पुख्र्यौली नेपाल घर सुदूरपश्चिम प्रदेशको अछाम हो। उनको परिवार सन् १९५० मा मुम्बई गएको थियो।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

मेघालयले उत्तराखण्डलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो। उत्तराखण्डका लागि कप्तान कुणाल चन्देलाले ५५, दिक्षाशुं नेगीले २६ रन बनाउँदा सौरभ रावत १० रनमा नटआउट रहे।

बलिङमा अभय नेगीले दुई विकेट लिँदा सञ्जय यादव र आदित्य सिंघानीयाका नाममा एक–एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मेघालयले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ४२ रन बनाएको थियो।

उसका लागि सञ्जय यादवले ८१, कप्तान पुनित विष्टले ४८, द्वारिकरवी तेजाले ४४, वानलमबुक नोनखालो, ल्यारी संगमाले २९–२९ रन बनाए। बलिङमा आकाश मारहवाले सर्वाधिक दुई विकेट हात पारे।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker