पोलार्डले रचे इतिहास, हिर्काए ६ बलमा ६ छक्का (भिडियोसहित)

काठमाडौंः पाहुना टोली श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा वेष्ट इण्डिज ४ विकेटले विजयी भएको छ।

श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेष्ट इण्डिजले १३.१ ओभरमा ६ विकेट गुमाएर पूरा भेट्टायो।

वेष्ट इण्डिजको जितमा लागि कप्तान किरोन पोलार्डले विस्फोटक ब्याटिङ गरे। उनले ११ बलमा ६ छक्काको मद्दतमा सर्वाधिक ३८ रन बनाए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

जेसन होल्डरले अविजित ३९, इभन लुईसले २८, लिन्डल सिमोन्सले २६ रन बनाए।

श्रीलंकाका अलिका धनञ्जयले ह्याट्रिक विकेट लिए। उनले चौथो ओभरको दोस्रो बलमा इभन लुईस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पूरनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए।

यस्तै डी सिल्भाको नाममा ३ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो।

उसका लागि पथम निसंकाले ३९, निरोशन डिकवेलाले ३३, वाविन्दु हसरंगाले १२ र एशन भन्डाराले १० रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्।

बलिङमा ओबेद म्याकोय सर्वाधिक २ विकेट लिए। ड्वेन ब्राभो, फिडेल एडवार्डस, जेसन होल्डर, फबियन एलेन र केविन सिन्क्लेयरले १–१ विकेट लिए।

यस जितसँगै तीन खेलको सिरिजमा वेष्ट इण्डिजले १–० को अग्रता बनाएको छ। दोस्रो टी–२० खेल शनिबार बिहान हुनेछ।

पोलार्डले रचे इतिहास

वेष्ट इण्डिज क्रिकेट टिमका कप्तान किरण पोलार्डले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा इतिहास रचेका छन्।

श्रीलंकाविरुद्ध ६ बलमा लगातार ६ छक्का प्रहार गरे। योसँगै पोलार्ड वेष्ट इण्डिजका लागि टी–२० मा ६ बलमा ६ छक्का हिर्काउने पहिलो ब्याट्सम्यान बनेका हुन्।

पोलार्डले छैटौं ओभरमा स्पिनर अकिला धनञ्जयलाई लगातार ६ बलमा ६ छक्का प्रहार गरेका थिए।

टी–२० अन्तर्राष्ट्रियमा ६ बलमा ६ छक्का प्रहार गर्ने उनी दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् २००७ को टी–२० विश्वकपमा युवराज सिंहले यो कीर्तिमान बनाएका थिए।

इंग्ल्याण्डका तीव्रगतिका बलर स्टुअर्ट ब्रोडलाई लगातार ६ बलमा ६ छक्का प्रहार गरेका थिए। खेलको १९औं ओभरमा सिंहले ब्रोडलाई लगातार ६ छक्का हिर्काएका थिए।

युवराजले इंग्ल्याण्डविरुद्ध १६ बलको सामना गरेर ५८ रन बनाएका थिए। जसमा ३ चौका र ७ छक्का पनि सामेल थिए।

त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेटको कुरा गर्दा पोलार्ड ६ बलमा ६ छक्का हिर्काउने तेस्रो ब्याट्सम्यान बनेका छन्।

सन् २००७ मै दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर हर्शल गिब्सले एकदिवसीय क्रिकेटमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए।

उनले २००७ मा भएको वानडे विश्वकपको ग्रूप ‘ए’को सातौं म्याचमा नेदरल्याण्डविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका थिए।

नेदरल्याण्डका बलर डान भान बंगेको ओभरमा उक्त कीर्तिमान बनाएका थिए।

नेदरल्याण्डविरुद्ध ६ बलमा ६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका गिब्सले उक्त म्याचमा ४० बलमा ७ छक्का र ४ चौका प्रहार गर्दै ७२ रन बनाएका थिए।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker