मलेसियामाथि नेपालको शानदार जित, शिर्षस्थानसहित ‘ट्राइ सिरिज’को फाईनलमा

काठमाण्डौ : काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत छैठो खेलमा मलेसियालाइ ६९ रनले हराउदै नेपाल शिर्ष स्थानमा रहदै फाइनल पुगेको छ |

हिजो नेदरल्यान्ड्स र मलेसियाबीचको म्याच बराबरीमा रोकिएपछी नेपाल फाइनल प्रबेश गरेको थियो | मलेसियाभने फाइनल प्रवेश नगर्दै लिग चरण बाटै बाहिरिसकेको थियो |

नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा अल आउट हुदै १४८ रन मात्रै बनायो |

उसका लागि एहमद फैजले ३१, भिरन्दिप सिंहले १३, अमिनुद्दीन रामलीले ४१,एनुल हफिजले ११, फित्री शामले १४ र मुहम्मद वफिकले १२ रन बनाए |

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन |

बलिङमा सोमपाल कामि,कमलसिंह ऐरी र सन्दिप लामिछाने ३/३ विकेट लिदा सुसन भारीले एक विकेट हात पारे |

त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो |

उसका लागि करण केसीले आक्रामक ब्याटिङ गरे उनले १३ बलमा ७ छक्का सहित ४५ रन बनाए | टि २० क्रिकेटमा उनको यो सर्वाधिक रन हो यस पुर्व टि २० मा उनको सर्वाधिक स्कोर ४० थियो

त्यस्तै ज्ञानेन्द्र मल्लले ४१ ,आसिफ सेखले ४२, कुशल भुर्तेलले १६,दिपेन्द्रसिंह ऐरीले ३३,विनोद भण्डारीले ८  र कुशल मल्लले १९ रन बनाए

बलिङमा फित्री शाम,शेद अजिज र अनवर रहमानले २\२ विकेट लिदा मुहम्मद वफिकले एक विकेट हात पारे |

नेपाल र नेदरल्यान्ड्सले फाइनल म्याच बैशाख ११ गते शनिवार सवा १ बजे टियु क्रिकेट मैदानमा हुनेछ |

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker