वार्नरलाई हैदराबादले कप्तानबाट हटायो, यी खेलाडीले पाए जिम्मेवारी

काठमाडौंः आईपीएल टिम सनराइजर्स हैदराबादले डेविड वार्नरलाई कप्तानबाट हटाएको छ। शनिबार हैदराबादले वार्नरलाई कप्तानबाट हटाएको हो।

उसले केन विलियम्सनलाई नयाँ कप्तान नियुक्त गरेको छ। विलियम्सन जारी सिजनभरका लागि कप्तान चयन भएका हुन्।

हैदराबादले एक प्रेस विज्ञप्ति जारी गर्दै विलियम्सनलाई कप्तानमा चयन गरिएको जनाएको हो।

वार्नरबाट कप्तानी खोस्दै हैदराबादले विलियम्सनलाई कप्तान जिम्मेवारी प्रदान गरेको हो।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

यस सिजन हैदराबादले खराब प्रदर्शन गरिरहेको छ। विलियम्सन हैदराबादको कप्तान बनेको यो पहिलो पटक भने होइन। उनले यसअघि पनि हैदराबादको कप्तानी गरिसकेका छन्।

उनको नेतृत्वमा हैदराबाद सन् २०१८ मा आईपीएलको फाइनलमा समेत पुगेको थियो। फाइनलमा चेन्नईसँग पराजित भएको थियो।

वार्नरको कप्तानीमा हैदराबादले एक पटक आईपीएल उपाधि जितेको छ। जारी सिजनमा हैदराबादले ६ खेलमा ५ हार व्यहोरेको छ।

हैदराबाद १ खेलमा जितसहित २ अंक जोडेर पुछारमा रहेको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker