पर्थविरुद्ध आज कस्तो रह्यो सन्दीपको दोस्रो ओभर?


काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत पर्थ स्कोरर्चर्स विरुद्धको खेलमा मेलबर्न स्टार्समा आवद्ध सन्दीप लामिछानेले दोस्रो ओभरमा ९ रन दिएका छन् । उनले आफ्नो दोस्रो ओभरमा एक चौकासहित बिनाविकेट ९ रन दिएका हुन् ।

सन्दीपले आफ्नो पहिलो ओभरमा विकेटसहित ६ रन दिएका थिए । सन्दीपले पहिलो विकेटका रुपमा आफ्नो पहिलो ओभरको चौथो बलमा लायम लिभिङस्टोनलाई १८ रनमा आउट गर्न सफल भए । उनले २ ओभरमा २ विकेट लिएर १५ रन दिएका छन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायो । उसका लागि ओपनर हिल्टन कार्टराइटले अर्धशतक बनाए । उनले ५६ बलमा ७ चौका प्रहार गर्दै अविजित ५८ रन बनाए । यस्तै कप्तान ग्लेन म्याक्सवेलले २५, निक लार्किनले २४ रनको योगदान दिए । आज मेलबर्नका अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा पर्थका म्याथ्यू केलीले ३, झाय रिचर्डसन र फवाद अहमदले एक–एक विकेट लिए ।

मेलबर्नको ११ औँ म्याचमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा मौका पाएका छन् । अघिल्लो खेलमा उनले ३ ओभरमा ७ रन दिएर २ विकेट लिएका थिए ।

११ औँ म्याचका लागि मेलर्न स्टार्सको प्लेइङ ११ः मार्कस स्टोइनिस, हिल्टन कार्टराइट, निक म्याड्सन, ग्लेन म्याक्सवेल (कप्तान), सेब गोच, निक लार्किन, नाथन कल्टर–नाइल, सन्दीप लामिछाने, क्लिन्ट हिन्चलिफ, डानियल वर्रल र लान्स मोरिस ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker