कहिलेबाट सुरु हुन्छन आइपीएलको बाँकी म्याच? अध्यक्ष पटेलले दिए नयाँ अपडेट

काठमाडौंः भारतमा जारी १४औँ सिजनको आईपीएल स्थगित गरिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले मंगलबार अनिश्चितकालका लागि आईपीएल स्थगित गरेको हो।

खेलाडीहरु तथा टिम स्टाफहरूमा कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले अनिश्चितकालका लागि आईपीएल स्थगित गरेको हो।

कोलकाता नाइट राइडर्सका २ तथा सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सका एक–एक खेलाडीमा कोरोना देखिएको थियो।

कोलकाताका स्पिनर वरुण चक्रवर्ती, अलराउन्डर सन्दीप वारियर, हैदरावादका विकेटकिपर ब्याट्सम्यान ऋद्धिमान साह र दिल्लीका स्पिनर अमित मिश्रामा कोरोना संक्रमण देखियो।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

यसका साथै चेन्नईका मुख्य कार्यकारी अधिकारी कासी विश्वनाथन, बलिङ कोच एल बालाजी र एक बस क्लिनरलाई पनि कोरोना पुष्टि भयो।

बीसीसीआईले मंगलबार आईपीएलको आपतकालीन गभर्निंग काउन्सिलको बैठक बोलाएर प्रतियोगिता स्थगित गर्ने निर्णय लिएको थियो। आईपीएलका अध्यक्ष ब्रिजेस पटेलले बाँकी रहेका ३१ खेलहरू कहिले आयोजित गर्न सकिनेबारे बताएका छन्।

‘आईपीएल जस्तो टुर्नामेन्ट स्थगित गर्नु सधैं सजिलो हुँदैन तर चार टोली यसमा आएका थिए। केही खेलाडीहरू पनि सामेल भएका छन्। दिल्ली, कोलकाता, हैदराबाद र चेन्नईका खेलाडी तथा स्टाफ कोरोना पोजिटिभ भेटियो। चार टोली मात्र राखेर टुर्नामेन्टको तालिका अगाडि बढ्न सम्भव थिएन। चार टोलीको तालिका पुनः निर्माण गर्न गाह्रो भयो,’ एउटा टीभी च्यानलसँग कुरा गर्दै उनले भने, ‘भारतमा कोरोनोका तीव्र रुपमा फैलिरहेको यस परिस्थितिमा आईपीएल स्थगित गर्नु नै राम्रो हो भन्ने ठान्यौँ। बाँकी खेलहरूपछि हुनेछन्।’

लिग सुरुबाट हुन्छ कि बाँकी खेलहरु मात्रै खेलाइन्छन्? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘यस सिजनका बाँकी ३१ खेलहरू टी–२० विश्वकप अगाडि वा त्यस पछि गरिन्छ।’

टी–२० विश्वकप यस वर्ष अक्टुबर–नोभेम्बरमा भारतमा आयोजना तय छ। ‘जब हामी यस सिजनका बाँकी ३१ खेलहरू प्राप्त गर्न सक्षम हुन्छौं। खेलहरू सुरु हुन्छ। जहाँबाट यो अहिले समाप्त भएको छ,’ पटेलले भने, ‘हामीले आईसीसी टी–२० विश्वकपअघि समयको उपलब्धता भए त्यो बेला गर्नेछौँ वा हामी विश्वकप बाँकी रहेका ३१ म्याचहरु खेलाउने छौँ।’

आईपीएलका बाँकी म्याचका लागि साढे तीन साता आवश्यक पर्नेछ। कोरोना तीव्र फैलिएका कारण टी–२० विश्वकप अब भारतमा नभएर यूएईमा हुने सम्भावना बढी छ।

आईपीएलका बाँकी खेलहरु पनि त्यहीँ हुन सक्ने सम्भावना पनि बढी छ। किनकि त्यहाँ विश्वकप खेल्न विश्वभरका क्रिकेटरहरु आएका हुन्छन्। त्यहाँ सबै खेलाडी ‘बायो–बबल’को पूर्ण पालना गरेर बसेका हुनाले यूएईमै आईपीएलका बाँकी म्याचहरु हुने सम्भावना रहेको हो।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker