सीपीएल : ट्रिनबागोले गर्‍यो १३ खेलाडी रिटेन, सन्दीपको सम्भावना कति?

काठमाडौंः क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटको आगामी संस्करण अगष्ट २८ बाट सुरु हुँदैछ। जसका लागि ट्रिनबागो नाइट राइडर्सले खेलाडी रिटेन गरेको छ।

बिहीबार ट्रिनबागोले १३ खेलाडी रिटेन गरेको हो। आउँदो सिजनमा पनि टिमको कप्तानी किरण पोलार्डले नै गर्ने भएका छन्। उनको कप्तानीमा गत सिजनमा नाइट राइडर्सले उपाधि जितेको थियो।

फाइनलमा सेन्ट लुसिया जुक्सलाई ८ विकेटले सहजै पराजित गर्दै उपाधि उचालेको थियो।

काइरन पोलार्डको कप्तानीमा रहेको ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेको १२ वटै खेल जित्दै अपराजित रहेर प्रतियोगता सकाएको थियो। सीपीएलको सर्वाधिक सफल टोली ट्रिनबागोले समग्रमा चौथो पटक उपाधि जितेको थियो। ट्रिनबागोले यसअघि २०१५, २०१७ र २०१८ मा उपाधि जितेको थियो।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

ट्रिनबागो ले रिटेन गरेका खेलाडीमा कप्तान किरण पोलार्ड, लिन्डल सिमोन्स, सुनिल नारायण, डारेन ब्रावो, दिनेश रामदिन, कोलिन मुनरो, सिकन्दर राजा, अलि खान, अकिल हुसेन, एण्डरसन फिलिप, टिओन वेबस्टार, जाडेन सेल्स र ख्यारी पियरी रहेका छन्।

आसन्न नवौँ संस्करणको सीपीएल सेन्ट किट्समा आयोजना हुँदैछ। सेन्ट किट्सको वार्नर पार्कमा हुने प्रतियोगितामा कुल ३३ खेल हुनेछ। यसपटक मैदानको क्षमताभन्दा आधा समर्थकलाई प्रवेश दिइने भएको छ।

आठ हजार दर्शक क्षमताको मैदानमा ४ हजारले मैदान गएर हेर्न पाउने छन्। प्रतियोगिता आयोजना हुने सेन्ट किट्समा अहिले कोरोना संक्रमित छैनन्।

 सन्दीपले खेल्ने सम्भावना कति?

नेपालका लेगस्पिनर सन्दीप लामिछानेले समेत सीपीएल क्रिकेट खेलिसकेका छन्। सन्दीपले यसअघिका तीन सिजन खेलेका छन्। उनले जमैका तल्लावाज, सेन्ट किट्स नेभिस प्यट्रियट्स र बार्बाडोस ट्राइडेन्टसबाट सीपीएल खेलेका हुन्।

उनले सीपीएलका २१ म्याचमा २७ विकेट लिएका छन्। सन्दीपले गत सिजनको सीपीएलमा उत्कृष्ट बलिङ गरेका थिए।

गत संस्करणमा उनी सर्वाधिक विकेट लिने सूचीको सातौँ स्थानमा रहेका थिए।

सन्दीपले यस पटक पनि सीपीएल खेल्ने सम्भावना छ। गत सिजनमा राम्रो प्रदर्शन गरेकाले सन्दीपलाई जमैकाले रिटेन गर्ने सम्भावना रहेको हो।

सन्दीप जुन र जुलाइमा इंग्ल्याण्डको द हन्ड्रेड र भाइलीडिटी ब्लास्ट क्रिकेट खेल्नमा व्यस्त हुनेछन्। अगस्टमा नेपाली टिमले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको खण्डमा सन्दीपले यो पटक पनि सीपीएल खेल्ने सम्भावना छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker