आईपीएलका बाँकी खेल इंग्ल्याण्डमा हुन सक्ने

काठमाडौंः भारतमा जारी १४औँ सिजनको आईपीएल स्थगित गरिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले मंगलबार अनिश्चितकालका लागि आईपीएल स्थगित गर्‍यो।

खेलाडीहरु तथा टिम स्टाफहरूमा कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले अनिश्चितकालका लागि आईपीएल स्थगित गरेको हो।

आईपीएल स्थगित भएसँग बाँकी खेलहरु कहाँ हुन्छन् भन्ने प्रश्न अहिले सबै क्रिकेट प्रेमीको मनमा उब्जिएको छ।

आईपीएलका बाँकी खेलहरू आयोजना गर्ने प्रस्ताव इंग्ल्याण्डबाट आएको छ। चार इंग्लिश काउन्ट्री क्लबले सेप्टेम्बरमा आईपीएलका बाँकी खेल आयोजना गर्ने प्रस्ताव राखेका छन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

ईएसपीएन क्रिकइन्फोको समाचारका अनुसार काउन्ट्री टोली वारविक्शायर, एमसीसी र लन्काशायरले इंग्ल्यान्ड क्रिकेट बोर्डलाई पत्र पठाएको छ। यी टोलीहरुले बीसीसीआईलाई लिग आयोजनाको प्रस्ताव राख्न भनेका छन्।

बीसीसीआईले आईपीएलका बाँकी ३१ खेलहरू आयोजना गर्न विन्डो खोज्दैछ। बीसीसीआई अध्यक्ष ब्रिजेस पटेलले भनेका छन्, ‘बीसीसीआईले टी–२० विश्वकप अगाडि वा पछाडि आईपीएलका बाँकी म्याच खेलाउने तयारी गरिरहेको छ। आईपीएलका बाँकी म्याच युएई वा अष्ट्रेलिया गन्तव्य हुन सक्छ।’

आईपीएल २०२१ सेप्टेम्बरको दोस्रो हप्ता इंग्ल्याण्डमा आयोजना हुन सक्ने ईएसपीएन क्रिकइन्फो बिहीबार बिहान खुलासा गरेको छ। चार काउन्ट्री क्लबहरूले जुन प्रस्ताव गरेका छन्। तीन फरक शहरहरूमा छन्। एमसीसी र सरे लन्डन बेस्ट हुन्। जबकि वारविक्शायर र लन्काशायर बर्मिंघम र म्यानचेस्टरमा रहेका छन्।

क्रिकइन्फोका अनुसार आईपीएल आयोजना गर्ने प्रस्ताव राखेका सबै काउन्ट्री क्लबले बिहीबार आईसीसीसँग भर्चुअल बैठकमा भाग लिने छन्। यसबारे कुरा गरेका छन्।

उनले भनेका छन्, ‘टी–२० वर्ल्ड कपको लागि युएई खेल मैदान फ्रेस नै रहनेछ। त्यसैले आईपीएल इंग्ल्याण्डमा हुनेछ। यदि टी–२० विश्वकप भारतमा कोरोनाका कारण भएन भने यो युएईमा आयोजित गर्न सकिन्छ। यो धेरै राम्रो हुन सक्छ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker