भारतीय टेष्ट टिम घोषणा हुने, यी खेलाडीले पाउनसक्छन् मौका !

काठमाडौंः विश्व टेष्ट च्याम्पियनशिप फाइनलमा भारत र न्यूजिल्याण्ड खेल्दै छन्। टेष्ट च्याम्पियनशिप फाइनल १८ देखि २२ जुनसम्म इंग्ल्याण्डको साउथेम्प्टनमा हुनेछ।

यस फाइनलका लागि बीसीसीआईले शुक्रबार भारतीय टिमको घोषणा गर्ने तयारी गरेको छ।

आगामी ४८ घण्टाभित्र न्यूजिल्याण्डविरुद्ध फाइनल खेल्ने भारतीय टिमको घोषणा गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मुख्य चयनकर्ताहरूले फाइनलका लागि उत्कृष्ट टिम चयन गर्ने बताइएको छ।

यसमा चार ओपनर, चारदेखि पाँच मिडिल अर्डर ब्याट्सम्यान, आठदेखि नौ फास्ट बलर, चारदेखि पाँच स्पिनर र तीन विकेटकीपर चयन गर्ने तयारी भएको छ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

टेष्ट टिमबाट बाहिरिएका हाल उत्कृष्ट लयमा रहेका ओपनर पृथ्वी शाले मौका पाउन सक्छन्। रोहित शर्मा र शुमन गिल इंग्ल्याण्डविरुद्ध खेलेका थिए। पृथ्वी शाबाहेक, मयंक अग्रवाल र केएल राहुलमध्ये कसले मौका पाउनेछन् त्यो भने हेर्न बाँकी छ।

अलराउन्डर रवीन्द्र जडेजा, हनुमा विहारी र मोहम्मद शामी फिट भएका छन्। तीनै जनाले टेष्ट टिममा कमब्याक गर्ने सम्भावना बलियो रहेका छ। विगत केही महिनादेखि राम्रो प्रदर्शन गरिरहेका प्रसिद्ध कृष्णाले पनि टेष्ट टिममा पनि स्थान पाउन सक्छन्।

तीव्र बलरको रूपमा जसप्रीत बुमराह, इशान्त शर्मा, मोहम्मद सिराज र शार्दुल ठाकुरले टिममा स्थान पाउने छन्। आर अश्विन र अक्षर पटेलको स्पिनर टिममा पर्ने सम्भावना रहेको छ।

सम्भावित भारतीय टेष्ट टिम :

ओपनरः रोहित शर्मा, शुमन गिल, केएल राहुल, मयंक अग्रवाल

मध्य क्रमः विराट कोहली, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, हनुमा विहारी, हार्दिक पाण्ड्या

विकेटकीपरः ऋषभ पन्त, ऋद्धिमान साह, केएल भरत

स्पिनरः आर अश्विन, रवीन्द्र जडेजा, अक्षर पटेल र वाशिंगटन सुन्दर

फास्ट बलरः मोहम्मद शामी, जसप्रीत बुमराह, इशान्त शर्मा, मोहम्मद सिराज, शार्दुल ठाकुर, उमेश यादव, नवदीप सैनी र प्रसिद्ध कृष्णा।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker