आईपीएल स्थगितपछि रोहितले दिए यस्तो प्रतिक्रिया

काठमाडौंः १४औँ सिजनको आईपीएल अनिश्चितकालका लागि स्थगित भएपछि मुम्बई इन्डियनका कप्तान रोहित शर्माले आफ्नो प्रतिक्रिया दिएका छन्।

रोहितले मुम्बई इण्डियन्सको अफिसियल ट्वीटर हेन्डलमा आफ्नो प्रतिक्रिया दिएका हुन्। शर्माले आफ्नो प्रतिक्रिया भिडियोमार्फत दिएका हुन्। उनले बीसीसीआईको निर्णयलाई समर्थन गरेका छन्।

उनले सबैलाई सुरक्षित रहन पनि सल्लाह दिएका छन्। भिडियोमा शर्माले भने, ‘दुर्भाग्यपूर्ण प्रतियोगिता स्थगित भएको छ। तर, मलाई लाग्छ देशका लागि यो धेरै राम्रो निर्णय हो। हामीले एकअर्काको ख्याल राख्नुपर्छ। यो धेरै गम्भीर विषय हो, त्यसैले कृपया सबै प्रोटोकलहरू र दिशानिर्देशहरू पालना गर्नुहोस्, अनुशासनित हुनुहोस्।’

बीसीसीआईको यो निर्णयलाई धेरै खेलाडीले समर्थन गरेका छन्। राजस्थान रोयल्सका अलराउन्डर क्रिस मोरिसले पनि आईपीएल स्थगित गर्ने निर्णय सही भएको बताएका थिए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

मुम्बईका सबै खेलाडीहरू आफ्नो घर फर्किएका छन्। मुम्बई आईपीएलको सबैभन्दा सफल टिम हो। उसले सबैभन्दा बढी उपाधि जितेको छ।

रोहित नेतृत्वको मुम्बईले हालसम्म पाँच पटक आईपीएल ट्रफी हात पारेको छ। मुम्बईको प्रदर्शन यस सिजनमा मिश्रित रह्यो।

मुम्बईले ७ म्याचमा चारमा जित र ३ म्याचमा हार सामना गरेका छ। मुम्बई ८ अंकका साथ तालिकाको चौथो स्थानमा छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker