नेपाललाई ‘टेष्ट नेशन’ बनाउनेबारे यसो भन्छन् कुशल (भिडियोसहित)

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा ब्याट्सम्यान कुशल भुर्तेलको चर्चा अझैं सेलाएको छैन। उनको देश तथा अन्तर्राष्ट्रियस्तरमा अहिले चर्चा भइरहेको छ।

उनी अहिले चर्चाको शिखरमा छन्। त्रिदेशीय टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनको चर्चा अहिले अन्तर्राष्ट्रियस्तरमा पनि हुन थालेको हो।

१७ अप्रिलसम्म भुर्तेललाई नेपालमा मात्र चिन्थेँ। तर, अहिले उनलाई विश्वका विभिन्न देशका क्रिकेट प्रेमीहरुले चिन्न थालेका छन्। यसका साथै उनलाई अन्तर्राष्ट्रिय सञ्चारमध्यमले समेत पछ्याइरहेका छन्।

कुशल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को ‘प्लेयर अफ द मन्थ’ अवार्डको लागि मनोनयनमा समेत परेका छन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

आईसीसीले अप्रिल महिनाको लागि प्लेयर अफ द मन्थको नोमिनेसनमा पुरुषतर्फ कुशलसँगै पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर पनि परेका हुन्।

यस अवार्डका लागि मनोनयन हुँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्। उनले आफूलाई भोट गर्न पनि सम्पूर्णमा आग्रह गरेका छन्।

साथै उनले नेपालीलाई आफ्नै पालामा नेपाललाई टेष्ट नेशन बनाउने पनि बताएका छन्। एक टेलिजिभन अन्तर्वार्ताका क्रममा उनले नेपाल पनि अब ८–१० वर्षभित्रमा टेष्ट नेशन हुन सक्ने बताएका छन्। जसका लागि खेलाडी र क्यानले विषेश भूमिका खेल्नुपर्ने उनको तर्क छ।

‘विश्वकप खेल्ने मेरो इच्छा छ। टेष्ट प्लेइङ नेशन हुनेछ त्यहाँसम्म मेरो इच्छा छ। हामी कुनै दिन टेष्ट खेल्न सक्छौँ भन्नेमा म पूर्ण विश्वस्त छु,’ कुशलले भने,‘हाम्रो टिममा युनिटी छ। युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन्। सबैलाई अहिलेदेखि कसरी टेष्ट खेल्ने भनेर तयारी गरिरहेका छौँ। जसका लागि के सीप विकास गर्नुपर्छ, कति म्याच खल्नुपर्छ अहिलेदेखि हामीहरु योजना गर्दैछौँ।’

उनले अहिले नभए पनि ८–१० वर्षभित्रमा नेपाल टेष्ट नेशन हुने बताए। यसका लागि बढीभन्दा बढी डे म्याच खेल्नुपर्नेमा उनको जोड छ। ‘टेष्ट नेशन हुनका लागि हामीले धेरैभन्दा धेरै म्याच खेल्नुपर्छ। नेपाले देशमा मात्र नभई विदेशमा गएर पनि क्रिकेट खेल्नुपर्छ।’ उनले भने।

घरेलु मैदानमा यही वैशाखमा भएको नेदरल्याण्ड्स र मलेसियासँगको टी–२० सिरिजमा २४ वर्षीय युवा ब्याट्सम्यान कुशलले प्रदर्शन गरेका थिए। उनले विभिन्न कीर्तिमान आफ्नो नाममा लेखाउन सफल पनि भए। उनले सिरिजमा चार अर्धशतक बनाए।

Photo Credit : Khelpati

उनी विश्वकै पहिलो क्रिकेटर हुन्। जसले डेब्यूपछि लगातर तीन अर्धशतक बनाए। उनले डेब्यू सिरिजमै सर्वाधिक रन बनाए। उनले पाँच म्याचमा २ सय ७८ रन बनाए।

सिरिजमा क्रमशः ६२, अविजित ६१, ६२, १६ र ७७ रनको उत्कृष्ट पारी खेल्दै नेपाललाई सिरिज जिताउन कुशलको भूमिका अहम् रहेको थियो।

एपीवानलाई कुशलले दिएको अन्तर्वार्ता : 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker