विराट र अनुष्काले कोरोनापीडितलाई सहयोग गरे ‘मोटो रकम’

काठमाडौंः भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उनकी श्रीमती तथा अभिनेत्री अनुष्का शर्माले कोरोनापीडितलाई सहयोग गर्ने भएका छन्।

कोहलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक भिडियो सार्वजनिक गर्दै सहयोग गर्ने जानकारी दिएका हुन्।

विराट र अनुष्का दुवैले रकम जुटाउने पनि बताएका छन्। वर्तमान परिस्थितिको वर्णन गर्दै दुवैले मानिसहरूलाई अभियानमा सहगाती हुन आग्रह गरेका छन्। कोरोनापीडितहरूलाई सहयोग गर्न रकम संकलन गर्न अनुरोध गरेका हुन्।

भारतीय सञ्चारमध्यमका अनुसार दुवैले मिलेर २ करोड सहयोग गरेका छन्। अन्य व्यक्तिहरुहरूले पनि यस अभियानमा सहयोग गर्न आग्रह गरेका छन्।

भिडियोमा विराट र अनुष्काले भनेका छन्, ‘हामी ती मानिसहरुप्रति धेरै आभारी छौं जो कोरोनाविरुद्ध दिन र रात लडिरहेका छन्। उहाँको समर्पण लायक छ तर अब उहाँहरुलाई हाम्रो समर्थन चाहिन्छ। हामी उहाँसँगै उभिन आवश्यक छ। यसैले हामीले दुबै रकम जुटाउने निर्णय गरेका छौँ। जुन कोरोनापीडितलाई सहयोग पुर्‍याउन प्रयोग गरिनेछ। हामी तपाईंहरू सबैलाई प्रार्थना गर्दछौं, तपाईं पनि यो मिसनको अंश बन्नुहोस् र सहयोग गर्नुस्।’

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

आईपीएल २०२१ पछि स्थगित भएपछि विराट दुई दिनअघि आफ्नो घरमा पुगेका थिए। उनको टोली बैंग्लोरले यस सिजनमा शानदार प्रदर्शन गरिरहेको थियो। आरसीसीले खलेका सात म्याचमा पाँचमा विजयी भएको थियो।

विराट घर पुग्ने बित्तिकै उनले अनुष्का शर्मासँग मिलेर यो अभियान सुरु गरेका हुन्। उनले कोरोनापीडितहरूलाई सहयोग गर्न कोषमा पैसा संकलन गर्ने अभियान थालेका हुन्। विराट र अनुष्काको यस महत्त्वपूर्ण कदमको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker