डिभिलियर्स अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा फर्किने पक्का !

काठमाडौंः संन्यास लिएका दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डिभिलियर्सले फेरि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नले लगभग पक्का भएको छ।

डिभिलियर्स अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको तीन वर्ष पूरा भइसकेको छ। उनले २०१८ मेमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए।

यद्यपि, त्यसयतादेखि उनी विश्वभर टी–२० लिगमा खेल्दै आएका छन्। ती लिगहरूमा शानदार प्रदर्शन पनि गरिरहेका छन्।

उनले राष्ट्रिय जर्सीमा अन्तिम पटक सन् २०१८ मै अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाका लागि टेष्ट खेल खेलेका थिए। ३४ वर्षको उमेरमा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

विश्वभर टी –२० लिगमा उत्कृष्ट ब्याटिङ गरेका कारण दक्षिण अफ्रिकाका लागि फेरि टी–२० क्रिकेट खेल्ने लगभग पक्का भएको हो।

हालै दक्षिण अफ्रिकाका मुख्य प्रशिक्षक मार्क बाउचरले डिभिलियर्स टोलीमा फर्किका लागि सधैं ढोका खुला रहेको बताएका थिए। उनले आउँदै गरेको टी–२० विश्वकपमा डिभिलियर्स टिममा फर्किन सक्ने संकत गरेका थिए।

क्रिकेट दक्षिण अफ्रिकाका निर्देशक ग्रिम स्मिथले पनि एबी डिभिलियर्स दक्षिण अफ्रिका टी– २० क्रिकेट टिममा फर्कन सक्ने संकेत दिएका छन्। एबीसँगै उनले इमरान ताहिर र क्रिस मौरिस टिममा फर्किने संकेत गरेका हुन्।

स्मिथले टी–२० टोलीमा यी खेलाडीहरूको कमब्याकसँगै टिमलाई सुदृढ पार्ने विश्वासलाई उत्साहित गरेका छन्। स्मिथका अनुसार दक्षिण अफ्रिकाले जुन महिनामा वेष्ट इण्डिजको भ्रमण गर्दैछ। जहाँ दक्षिण अफ्रिकाले दुई टेष्ट म्याच र पाँच खेलको टी–२० सिरिज खेल्नेछ।

वेष्ट इण्डिजविरुद्ध खेल्ने दक्षिण अफ्रिकाको टिममा एबी फर्किन सक्ने सम्भावना रहेको छ। यदि उनी टिममा फर्किए भने वेष्ट इण्डिजविरुद्ध एबीले खेलेको देख्न पाइनेछ।

डिभिलियर्सले दक्षिण अफ्रिकाका लागि १ सय १४ टेष्ट, २ सय २८ वानडे र ७८ वानडे खेलेका छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker