भारतीय टेष्ट टिम घोषणा, यी खेलाडीले पाए मौका

काठमाडौंः विश्व टेष्ट च्याम्पियनशिप फाइनल र इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिज खेल्ने भारतीय टोली घोषणा भएको छ।

शुक्रबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले विरोट कोहलीको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरेको हो।

टेष्ट च्याम्पियनशिप फाइनलमा भारतले न्यूजिल्याण्डविरुद्ध खेल्दैछ। जुन म्याच १८ देखि २२ जुनसम्म इंग्ल्याण्डको साउथेम्प्टनमा हुनेछ।

त्यसपछि भारतले इंग्ल्याण्डसँग पाँच म्याचको टेष्ट सिरिज खेल्नेछ। जुन ४ अगस्टदेखि सेप्टेम्बर १४ सम्म चल्नेछ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

टिममा अलराउन्डर रवीन्द्र जडेजा, हनुमा विहारी र मोहम्मद शामीले टिममा ‘कमब्याक’ गरेका छन्। जडेजा, बिहारी र शामीले चोटका कारण भारतमा भएको इंग्ल्याण्डसँगको टेष्ट सिरिज गुमाएका थिए।

हाल उत्कृष्ट लयमा रहेका ओपनर पृथ्वी शाले टिममा मौका पाएका छैनन्। उनले अन्तिम पटक अष्टेलियामा टेष्ट खेलेका थिए। त्यसपछि उनी टिम बाहिर रहँदै आएका छन्।

भारती टेष्ट टिम :

रोहित शर्मा, शुभमान गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे (उपकप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकीपर), रविचन्द्र अश्विन, रवीन्द्र जडेजा, अक्षर पटेल, वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, इशान्त शर्मा, मोहम्मद शामी, मोहम्मद सिराज, शार्दुल ठाकुर, उमेश यादव, केएल राहुल र वृद्धिमान साह।

वैकल्पिक खेलाडी:

अभिमन्यु ईश्वरन, प्रसिद्ध कृष्णा, आवेश खान र अर्जान नागवासवाला।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker