यी ४ स्टार खेलाडी : जसले पाएनन् भारतीय टेष्ट टिममा मौका !

काठमाडौंः विश्व टेष्ट च्याम्पियनशिप फाइनल र इंग्ल्याण्डसँगको टेष्ट सिरिजका लागि भारतीय टोली घोषणा भएको छ।

शुक्रबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले विरोट कोहलीको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरेको हो।

भारतले टेष्ट च्याम्पियनशिप फाइनलमा न्यूजिल्याण्डविरुद्ध खेल्दैछ। सो म्याच १८ देखि २२ जुनसम्म इंग्ल्याण्डको साउथेम्प्टनमा हुनेछ।

त्यसपछि भारतले इंग्ल्याण्डसँग पाँच म्याचको टेष्ट सिरिज खेल्नेछ। सो सिरिज ४ अगस्टदेखि १४ सेप्टेम्बरसम्म चल्नेछ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

घोषित टिममा रवीन्द्र जडेजा, हनुमा विहारी र मोहम्मद शामीले टिममा ‘कमब्याक’ गरेका छन्। जडेजा, बिहारी र शामीले चोटका कारण भारतमा भएको इंग्ल्याण्डसँगको टेष्ट सिरिज गुमाएका थिए।

हाल उत्कृष्ट लयमा रहेका ओपनर पृथ्वी शाले टिममा मौका पाएका छैनन्। उनले १४औँ सिजनको आईपीएल र विजय हजारे ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

यस्तै, स्पिनर कुलदीप यादव, अलराउन्डर हार्दिक पाण्ड्या र स्टार फास्ट बलर भुवनेश्वर कुमार भारतीय टेष्ट टिम स्थान बनाउन असफल रहे।

घोषित भारती टेष्ट टिम :

रोहित शर्मा, शुभमान गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे (उपकप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकीपर), रविचन्द्र अश्विन, रवीन्द्र जडेजा, अक्षर पटेल, वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, इशान्त शर्मा, मोहम्मद शामी, मोहम्मद सिराज, शार्दुल ठाकुर र उमेश यादव।

केएल राहुल र ऋद्धिमान सहा (फिटनेस टेष्ट पास हुन बाँकी)

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker