अर्को नयाँ टी–१० लिग प्रतियोगिता सुरु हुँदै

काठमाडौंः ग्रेनाडा क्रिकेट एसोसिएशनले नयाँ टी–१० प्रतियोगिता सुरु गर्दैछ। प्रतियोगिताको नाम ‘स्पाइस आइल टी–१०’ राखिएको छ।

प्रतियोगिता ३१ मेदेखि ११ जुनसम्म हुनेछ। प्रतियोगितामा हरेक दिन तीन म्याच हुनेछन्।

स्पाइस आइल टी–१० का सबै खेलहरू राष्ट्रिय क्रिकेट स्टेडियम, सेन्ट जर्ज, ग्रेनाडामा हुनेछन्।

ग्रेनाडा दक्षिणपूर्वी क्यारेबियन सागरमा अवस्थित राष्ट्र हो। यो देश वेष्ट इण्डिजभित्र पर्छ। यो लिगको पहिलो संस्करणमा ६ टिमले भाग लिँदैछन्।

प्रतियोगिता राउन्ड–रोबिन आधारमा खेलिने छ। हरेक टिमले १० म्याच खेल्न पाउनेछन्। तालिकाको शीर्ष चारमा रहन सफल टिम सेमिफाइनल खेल्नेछन्। तेस्रो स्थानको लागि प्लेअफ हुनेछ। फाइनल म्याच ११ जूनमा हुनेछ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker