नयाँ टी–२० वरियता सार्वजनिक, यस्तो छ नेपाली खेलाडीको स्थान

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिलातर्फको नयाँ टी–२० वरियता सार्वजनिक गरेको छ।

नयाँ वरियतामा नेपाली महिला टिमकी उपकप्तान सीता राना मगर यथावत रहन सफल भएकी छन्

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा सीता ९०औं स्थानमा रहेकी छन्। उनी यसअघि पनि यही स्थानमा थिइन्।

महिलाको विश्व वरियतामा नेपालबाट सीता एक्ली ब्याट्सवुमन हुन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

नयाँ वरियताको ब्याटिङतर्फ भारतीय टिमकी सेफाली वर्मा शीर्ष स्थानमा कायमै छिन्।

अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, अष्ट्रेलियाकै मेग लानीङ तेस्रो, भारतकी स्मृति मन्धाना चौथो र अष्ट्रेलियाकी एलिसा हेली पाँचौँ स्थानमा छिन्।

टी २० को वरियतामा नेपाली टिम १४ औँ स्थानमा कायमै छ। नेपाली महिला क्रिकेट टिमले घरेलु भूमिमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागपछि कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन। जसको कारण नेपालको वरीयतामा घटबढ भएको छैन।

अष्ट्रेलिया महिला टिम टी–२० तर्फ शीर्ष, इंग्ल्याण्ड दोस्रो र भारत तेस्रो स्थानमा छ। नेपाल वानडेमा भने हालसम्म अटाएको छैन।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker