नेदरल्याण्ड्सले दियो आयरल्याण्डलाई मध्यम लक्ष्य, गुग्टेनको उत्कृष्ट ब्याटिङ

काठमाडौंः आईसीसी क्रिकेट विश्वकप सुपर लिगअन्तर्गतको पहिलो खेलमा नेदरल्याण्ड्सले आयरल्याण्डलाई १ सय ९६ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९५ रन बनायो।

उसका लागि टिमभ्यानडर गुग्टेनले राम्रो पारी खेले। उनले ५३ बलमा चार छक्का र एक चौकासहित ४९ रनको योगदान दिए।

१०२ रन बनाएर सात विकेट गुमाएको अवस्थामा गुग्टेन र लोगानभ्याक वीकले ७२ रनको साझेदारी गरे। वीकले अविजित २९ रन बनाए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

त्यस्तै, शकिव जुल्फिकर, म्याक्स ओदाउदले २३–२३, बासडी लीडेले २१ र स्टिफन माइबर्गले २० रनको योगदान दिए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बटुल्न सकेनन्।

बलिङमा क्रेग योङ, जोश लिटलले तीन–तीन, एन्डी म्याकब्रिन र सिमी सिंहले एक–एक विकेट लिए।

सन् २०१७ मा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिपको उपाधि जित्दै नेदरल्याण्ड्स सुपर लिगका लागि छानिएको थियो।

सुपर लिगमा भाग लिएका १३ वटा टिममध्ये नेदरल्याण्ड्स एक मात्र एसोसिएट टोली हो । १३ वटा टिममध्ये शीर्ष ७ मा रहेका टोलीले २०२३ को विश्वकप खेल्न पाउनेछन्।

भारत भने आयोजक राष्ट्रका हैसियतामा विश्वकपमा छनोट भइसकेको छ । नेदरल्याण्ड्स र आयरल्याण्डबीचको दोस्रो म्याच जुन ४ र अन्तिम तथा तेस्रो म्याच जुन ७ तारिखमा हुनेछ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker