यी ३ ब्याट्सम्यान : जसले डेब्यूमै बनाए सर्वाधिक रन

काठमाडौंः आफ्नो देशको लागि क्रिकेट खेल्ने प्रत्येक ब्याट्सम्यानको सपना नै हुन्छ। केही खेलाडीको एक दिन त्यो सपना पनि पूरा हुन्छ।

त्यहाँ धेरै क्रिकेटरहरू छन्, जसले लामो समयका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। साथै उत्कृष्ट प्रदर्शन पनि गरेका छन्। यदि हामी एकदिवसीय क्रिकेटको कुरा गर्ने हो अहिलेसम्म धेरै महान खेलाडीहरू यस सूचीमा रहेका छन्।

भारतले रोहित शर्मा, सचिन तेन्दुलकर, वीरेन्द्र सहवाग, विराट कोहली, रवि शास्त्री, मोहम्मद अजहरुद्दीन र युवराज सिंहजस्ता धेरै महान् वानडे खेलाडीहरू पनि उत्पादन गरेको छ।

यीमध्ये केही खेलाडीले शुरूदेखि नै उत्कृष्ट प्रदर्शन गरे। यसका साथै केही खेलाडी यस्तो पनि छन्, जो डेब्यू खेलमै चम्किएका छन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

यसैबीच, आज भारतका लागि एकदिवसीय डेब्यू म्याचमै सर्वाधिक रन बनाउने तीन खेलाडीको बारेमा चर्चा गर्दैछौँः

३. ब्रिजेस पटेल

यस सूचीमा ब्रिजेस पटेलको नाम तेस्रो स्थानमा आउँछ। उनले आफ्नो क्रिकेट करियरमा २१ टेष्ट र १० एकदिवसीय खेल खेले।

पटेलले वानडे करियरको सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेका थिए। तर, पछि उनले त्यो लयलाई कायम राख्न सकेनन्। र, १० वटा मात्र वानडे म्याच मात्र खेल्ने मौका पाए।

उनले १३ जुलाई १९७४ मा लड्समा इंग्ल्याण्डविरुद्ध एकदिवसीय खेल्दै आफ्नो क्रिकेट यात्रा सुरु गरेका थिए।

उक्त खेलमा पटेलले ८२ रनको शानदार इनिङ्स खेलेका थिए। यद्यपि, उक्त म्याचमा भारत पराजित भएको थियो।

तर, पटेलले टिमका लागि त्यस खेलमा सर्वाधिक रन बनाएका थिए।। त्यसपछि उनको प्रदर्शन निकै खराब रह्यो। जसकारण उनले धेरै खेलहरू खेल्न पाएनन्।

२.रोबिन उथप्पा

यस सूचीमा दोस्रो स्थानमा लिजेन्डरी ब्याट्सम्यान रोबिन उथप्पा छन्। उनले १५ अप्रिल २००६ मा इंल्याण्डविरुद्धको वानडेमा डेब्यू गरेका थिए।

उक्त म्याचमा उनले ८६ रन बनाएका थिए। जुन उनको करियरको सबैभन्दा बढी वानडे स्कोर पनि हो।

उथप्पाको शानदार ब्याटिङमा भारतले सो खेल ७ विकेटले आफ्नो पक्षमा पारेको थियो। उनले हालसम्म कूल ४६ वान्डे खेल खेलेका छन्। जसमा उनले १ हजार ३१ रन बनाएका छन्। सन् २०१५ पछि उनले भारतीय टिममा स्थान बनाउन सकेका छैनन्।

१.केएल राहुल

भारतीय क्रिकेट टिमका स्टार ब्याट्सम्यान राहुल यस सूचीको शीर्ष स्थानमा रहेका छन्। उनी डेब्यू म्याचमै सर्वाधिक रन बनाउने भारतीय ब्याट्सम्यान हुन्।

उनले वानडेमा डेब्यूमै शतक बनाएका थिए। उनले ११ जून सन् २०१६ मा हरारेमा जिम्बाब्वेविरुद्ध वानडेमा डेब्यू गरेका थिए।

उक्त खेलमा उनले अविजित १०० रन बनाएका थिए। भारतले सो खेल ९ विकेटले जितेको थियो। राहुल पहिलो खेलमै ‘म्यान अफ द म्याच’ बनेका थिए।

हाल राहुल भारतीय क्रिकेट टिमका नियमित तथा प्रमुख खेलाडी बनिसकेका छन्। उनले भारतका लागि टी–२० र वानडे क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै पनि आइरहेका छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker