फिन्चले बताए सबैभन्दा डर लाग्ने स्पिनरको नाम

काठमाडौंः आरोन फिन्च अष्टेलियाका वानडे र टी–२० टिमका कप्तान हुन्। फिन्च विश्व क्रिकेटकै सबैभन्दा विस्फोटक ब्याट्सम्यान मानिन्छन्।

उनी लयमा रहेका बेला जस्तोसुकै उत्कृष्ट बलरलाई पनि दबाबमा राख्न सक्छन्। डेविड वार्नरसँग फिन्चको शुरुवात जोडी विश्वको सबैभन्दा खतरनाक मानिन्छ। यी दुवै ब्याट्सम्यानले ५० ओभर र २० ओभर ढाँचामा अष्ट्रेलियालाई ठूलो स्कोरमा पुर्‍याउन मद्दत गरेका छन्।

वानडे र टी–२० क्रिकेट बढी खेल्ने फिन्चले लामो समययता टेष्ट म्याच खेलेका छैनन्। सन् २०११ मा डेब्यू गरेका दायाँ हाते ब्याट्सम्यान फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटमा ७ हजार बढी रन बनाइसकेका छन्।

आफ्नो कप्तानीमा उनले सन् २०१९ को वानडे विश्वकपमा अष्ट्रेलियालाई सेमिफाइनलसम्म पुर्‍याएका थिए। फिन्चले अन्तिम खेल अष्ट्रेलियाका लागि ७ मार्चमा खेलेका थिए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

फिन्च पछिल्लो समय विश्राम गरिरहेका छन्।

यसबीचमा उनले इन्स्टाग्राममा आफ्ना क्रिकेट फ्यानसँग प्रश्नोत्तर गर्दै कुराकानी गरेका छन्। त्यसक्रममा एक समर्थकले फिन्चलाई प्रश्न गर्दै सोधे, तपाईंलाईको क्रिकेट करियरमा कुन बलरको बल सामना गर्दा गाह्रो लाग्छ?

यो प्रश्नको जवाफ दिँदै फिन्चले पाकिस्तानी टिमका पूर्वस्पिनर सइद अजमलको नाम लिए। फिन्चले अनौठो बलिङ एक्सनका कारण अजमलले आफूलाई धेरै पटक समस्या दिएको समेत बताए।

कुनै बेला अजमल टेष्ट वरियताको शीर्ष स्थानमा थिए। उनले पाकिस्तानका लागि सन् २००८ देखि २०१५ सम्म ३५ टेष्ट, ११३ वानडे र ६४ टी–२० म्याच खेलेका थिए।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker