पाकिस्तानको तीनै प्रारूपको टिम घोषणा, क–कसले पाए मौका?

काठमाडौंः पाकिस्तान क्रिकेट बोर्डले इंग्ल्याण्ड र वेष्ट इण्डिज भ्रमणका लागि टोली घोषणा गरेको छ। शुक्रबार बोर्डले बाबर आजमको कप्तानी तीनै प्रारूपको सिरिज खेल्ने टोली घोषणा गरेको हो।

घोषित टोलीमा चार अनुभवी खेलाडीले कमब्याक गरेका छन्। आजम खानले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

टोलीले जुलाई ८–२० देखि इंग्ल्याण्डमा तीन एकदिवसीय र तीन टी–२० म्याच खेल्नेछ। त्यसपछि पाकिस्तानले वेष्टइण्डिज पाँच टी–२० अन्तर्राष्ट्रिय म्याच र दुई टेष्ट सिरिज पनि खेल्ने तालिका रहेको छ।

मध्यक्रमका ब्याट्सम्यान हरिस सोहेल एकदिवसीय टिममा फर्किंएका छन्। इमाद वसीम टी–२० टिममा कमब्याक गरेका छन्। फास्ट बलर मोहम्मद अब्बास र नसीम शाह टेष्ट टिममा फर्केका छन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

यासिर शाहले फिटनेस पास गर्न बाँकी रहेको छ। स्पिनर शाह अझैसम्म घुडाको चोटबाट पूर्ण निको हुन सकेका छैनन्। टेष्टका लागि छनोटहरूले लेग स्पिनर जाहिद महमूद, बाँया हाते स्पिनर नौमन अली र अफ स्पिनर साजिद खानलाई टिममा समेटेका छन्।

अनक्याप्ड खेलाडी साऊद शकील पनि टिममा परेका छन्। टेष्टमा मौका नपाएका सलमान अली आगालाई एकदिवसीय टिममा बोलाइएको छ। दक्षिण अफ्रिकामा उत्कृष्ट प्रदर्शनपछि जिम्बाब्वे टी–२० को अतिरिक्त खेलाडीका रूपमा रहेका फखर जमानले मूल टिममा आफ्नो स्थान बनाएका छन्। २२ वर्षीय आजम खाने पनि टी–२० टोलीमा मौका पाएका छन्।

इंग्ल्याण्ड र वेष्ट इण्डिजसँग खेल्ने पाकिस्तानी टिमः

एकदिवसीय अन्तर्राष्ट्रिय लागि :  बाबर आजम (कप्तान), शादाब खान (उप–कप्तान), अब्दुल्ला शफीक, फहीम अशरफ, फखर जमान, हैदर अली, हैरिस रउफ, हरिस सोहेल, हसन अली, इमाम–उल–हक, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकीपर), सलमान अली आगा, सरफराज अहमद (विकेटकीपर), सौद शकील, शाहीनशाह अफ्रिदी र उस्मान कादिर।

टी–२० अन्तर्राष्ट्रियका लागिः बाबर आजम (कप्तान), शादाब खान (उप–कप्तान), अरशद इकबाल, आजम खान, फहीम अशरफ, फखर जमान, हैदर अली, हैरिस रउफ, हसन अली, इमाद वसीम, मोहम्मद हफीज, मोहम्मद नवाज, मोहम्मद रिजवान (वकेटकीपर), मोहम्मद वसीम जूनियर, सरफराज अहमद (विकेटकीपर), शाहीनशाह अफ्रिदी, शार्जील खान र उस्मान कादिर।

टेष्ट टीमः बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकीपर र उपकप्तान), अब्दुल्ला शफीक, अबिद अली, अजहर अली, फहीम अशरफ, फवाद आलम, हैरिस रउफ, हसन अली, इमरान बट्ट, मोहम्मद अब्बास, मोहम्मद नवाज, नसीम शाह, नुमान अली, साजिद खान, सरफराज अहमद ( विकेटकीपर), सउद शकील, शाहीनशाह अफ्रिदी, शाहनवाज दहनी, यासिर शाह (फिटनेस पास हुन बाँकी) र जाहिद महमूद।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker