‘विराट, धोनी र डिभिलियर्सलाई क्लिन बोल्ड गर्नु ठूलो उपलब्धि’

काठमाडौंः अफगानिस्तान तथा सनराइजर्स हैदराबादका प्रमुख स्पिनर राशिद खानले एमएस धोनी, विराट कोहली र एबी डिभिलियर्सलाई ठूलो प्रतिक्रिया दिएका छन्।

राशिदले यी तीन महान् खेलाडीलाई ‘क्लिन बोल्ड’ गर्नु आफ्नो क्रिकेट करियरकै सबैभन्दा ठूलो उपलब्धि भएको बताएका हुन्। राशिद आईपीएलमा हैदराबादका लागि खेल्छन्।

आईपीएलमा उनले यी महान् खेलाडीहरूकाविरुद्ध धेरै पटक सफलता हासिल गरेका छन्। कोहली आरसीबीका कप्तान हुन् भने डिभिलियर्स यस टोलीका स्टार ब्याट्सम्यान रहेका छन्। धोनी चेन्नई सुपर किंग्सका कप्तान हुन्।

राशिद अहिले पीएसएल खेल्न अबुधाबीमा छन्। क्रिकविकसँगको एक विशेष कुराकानीमा उनले आफ्नो सबैभन्दा अविस्मरणीय विकेटहरूको बारेमा बनाएका हुन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

‘मसँग धेरै यादगार विकेटहरू छन्। तर, यदि टी–२० मा मेरा तीन सर्वश्रेष्ठ विकेटको बारेमा कुरा गर्ने हो भने तिनीहरू विराट कोहली, एमएस धोनी र एबी डिभिलियर्स हुन्। मैले यी तीन खेलाडीलाई बोल्ड गरेको छु,’ उनले भने, ‘विकेट लिनु राम्रो कुरा हो। कहिले काँही तपाईं क्याच आउट भई विकेट पाउनुहुनेछ। तर, त्यस्ता ठूला खेलाडीहरू बोल्ड गर्नु ठूलो कुरा हो। यो एक स्पिनरको रूपमा गाह्रो काम पनि हो। मलाई यी विकेटहरू जहिले पनि याद हुन्छ।’

राशिद सचिनविरुद्ध बलिङ गर्न चाहन्छन्

अन्तर्वार्ताका दौरान राशिदले सचिन तेन्दुलकरलाई बलिङ गर्ने आफ्नो सपना भएको बताएका छन्। तेन्दुलकरले आफ्नो करियरमा लेग स्पिनरहरूविरुद्ध राम्रो खेलेका थिए।

यसबारे राशिद भने, ‘म उनलाई (सचिन) बलिङ गर्न चाहन्छु। किनभने उनी लेग स्पिनरहरूका विरुद्ध मुश्किलले आउट हुन्थे। उनलाई आउट गर्न पाउँदा मलाई बढी आनन्दित तुल्याउँछ। म उनी जस्तै खेलाडीलाई बलिङ गर्न सक्छु। उनाई आउट गर्नु वा नगर्नु फरक कुरा हो। केवल सचिनविरुद्ध बलिङ गर्न पाएँ मेरो सपना साकार हुनेछ।’

राशिद वर्मतान विश्व क्रिकेटकै उत्कृष्ट स्पिनरमध्ये एक हुन्। उनले विश्वभरका टी–२० लिगहरू खेलेका छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker