डुप्लेसिसको नजरमा यी हुन् टी–२० विश्वकप जित्न सक्ने दुई टोली

काठमाडौंः आईसीसी टी–२० विश्वकप २०२१ का लागि काउन्टडाउन सुरु भएको छ। सबै सहभागी टोलीहरू प्रतियोगिताका लागि तयारी गर्दैछन्।

यद्यपि, आधिकारिक मिति र समय तालिका घोषणा हुन बाँकी छ। टी–२० विश्वकप अक्टोबर–नोभेम्बरमा भारत वा युएईमा हुनेछ। धेरै खेलाडीहरू र क्रिकेट विज्ञहरूले पनि टुर्नामेन्टका लागि आफ्नो मनपर्ने टोलीहरू छनोट गरेका छन्।

यसैक्रममा दक्षिण अफ्रीकाका पूर्वकप्तान फाफ डुप्लेसिसले २०२१ को विश्वकप जित्न सक्ने दुई टोलीको नाम बनाएका छन्। उनले भारत र वेष्टइण्डिजमध्ये एक टिमले यसपटको विश्वकप जित्ने बनाएका हुन्।

डुप्लेसिसले भर्चुअल प्रेस सम्मेलनमा भने, ‘छोटो ढाँचा त्यहाँ छ, तपाईलाई लाग्छ कि त्यहाँ अझ धेरै टोलीहरू छन् जसलाई मौका मिल्छ। यदि म राम्रो क्षमतावान र अनुभव भएको टिमलाई हेर्छु, वेष्ट इण्डिज एक टोली हो। वेष्ट इण्डिजले आफ्ना सबै खेलाडीहरूलाई टिममा फिर्ता बोलाएको छ। ऊ तेस्रो पटक टी–२० विश्वकप जित्ने तयारीमा रहेको छ।’

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

उनले थपे, ‘जसलाई तपाईंले धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेलेको देख्नुभएन तिनीहरू सबै टिममा फर्कनेछन्, ड्वेन ब्रावो, आन्द्रे रसल। तपाईंले टी–२० क्यापको संख्या गणना गर्नुभयो भने तिनीहरू धेरै अनुभवी हुन्।’

भारतीय टिमबारेमा डुप्लेसिसले भनेका छन्, ‘भारतीय टिमले सबै क्षेत्रहरुलाई समेट्ने काम गरेको छ। उनीहरूसँग अनुभव छ, उनीहरूले आफ्ना सबै सीपहरू राम्रो कलाई स्पिनर र तीव्र गतिका बलर, डेथ बलर र विस्फोटक ब्याटिङ लाइनअपले समेट्छन्। इंग्ल्याण्ड एक सफल वानडे टिम हो, एक मजबुद टीम पनि हो। तर, मलाई भारत र वेष्टइण्डिज मनर्ने टिम हुन् र यी दुईमध्ये एकले उपाधि उचाल्न सक्छ।’

डुप्लेसिस दक्षिण अफ्रीकाका पूर्वकप्तानका साथै विस्फोटक ब्याट्सम्यान हुन्। उनले टेष्ट क्रिकेटबाट संन्यास लिइसकेका छन्। तर, टी–२० र वानडे टिमबाट उनी बाहिर रहेका छन्। सीमित ओभरको टिममा उनले मौका पाइरहेका छैनन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker