बीसीसीआईले तोक्यो IPL का बाँकी खेल सुरु हुने मिति !

काठमाडौंः भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले यूएईमा हुने इण्डियन प्रिमियर लिग २०२१ बाँकी म्याच सुरु हुने मिति तोकेको छ।

दोस्रो चरणको पहिलो खेल सेप्टेम्बर १९ मा हुनेछ। आईपीएलको फाइनल अक्टोबर १५ मा हुने जनाइएको छ।

बीसीसीआईका एक अधिकारीले बीसीसीआई र एमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) बीचको छलफल सकारात्मक भएको बताएका छन्। आईपीएलका बाँकी खेलहरू दुबई, शारजाह र अबुधाबीमा सफलतापूर्वक सम्पन्न हुनेमा भारतीय क्रिकेट बोर्ड विश्वस्त रहेको छ।

‘वार्ता वास्तवमै राम्रो थियो। बीसीसीआई एसजीएम भन्दा अघि पनि ईसीबीले प्रतियोगिताको आयोजना गर्न मौखिक स्वीकृति दिएको थियो। यो गत हप्ता अनुमोदित भएको थियो। सिजनका बाँकी म्याचहरूको पहिलो खेल १९ सेप्टेम्बरमा हुनेछ। फाइनल अक्टोबर १५ मा हुनेछ। बीसीसीआई बाँकी खेल आयोजना २५ दिनको विन्डो खोजिरहेको थियो।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

विदेशी खेलाडीहरूको उपलब्धताको सम्बन्धमा ती अधिकारीले वार्ता चलिरहेको र बीसीसीआईले सकारात्मक नतिजाको आशा गरिरहेको बताएका छन्।

‘छलफल सुरु भएको छ। हामी धेरै विदेशी खेलाडीहरू उपलब्ध हुने आशा गरिरहेका छौं,’ उनले भने। यदि केही खेलाडीहरू आउन असमर्थ छन्, हामी अब हेर्ने छौं। तर अहिले हामी १४औं संस्करण यूएईमा आयोजना हुने आशा गरिरहेका छौं।’

फ्रेन्चाइजीहरू पनि बीसीसीआईले विदेशी बोर्डहरूसँग सकारात्मक छलफल गर्नेमा विश्वस्त छन्। बाँकी खेलहरूका लागि खेलाडीहरू उपलब्ध हुने फ्रेन्चाइजीहरू ढुक्क छन्।

भारतमा दोस्रो लहरको कोरोना संक्रमण दर बढ्दै गएपछि बीसीसीईले २९ खेलपछि आईपीएल स्थगित गरेको थियो। आईपीएलका प्लेअफसहित ३१ वटा खेल हुन बाँकी रहेका छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker