नेदरल्याण्ड्सले जित्यो आयरल्याण्डसँगको वानडे सिरिज

काठमाडौंः घरेलु टोली नेदरल्याण्ड्सले आयरल्याण्डसँगको आईसीसी वर्ल्ड कप सुपर लिगअन्तर्गत एकदिवसीय सिरिज जितेको छ।

डेब्यू सुपर लिगमा नेदरल्याण्ड्सले आयरल्याण्डलाई ४ विकेटले हराउँदै सिरिज २–१ ले आफ्नो बनाएको हो।

सिरिजको तेस्रो तथा अन्तिम खेलमा आयरल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य नेदरल्याण्ड्सले ४५.५ ओभरमा ६ विकेट गुमाएर पूरा गयो।

उसका लागि स्टिफन माइबर्गले ७४, म्याक्स ओदाउदले ३६, मुसा अहमदले १९ र बासडी लीडेले १८ रन बनाए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

बलिङमा सिमी सिंहले तीन, जोश लिटल, एन्डी म्याकब्रिन र ब्यारी म्याकार्थीले एकएक विकेट लिए।

त्यसअघि नेदरल्याण्ड्सविरुद्ध आयरल्याण्ड १ सय ६३ रनमै अलआउट भएको थियो। टस जितेर ब्याटिङ रोजेको आयरल्याण्ड ४९.२ ओभरमा १ सय ६३ रनमा अलआउट भएको हो।

उसका लागि ह्यारी टेक्टरले ५८, जर्ज डकरेलले ४०, सिमी सिंहले अविजित २१, र कप्तान एन्डी बलबर्नीले १३ रन बनाए।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।

बलिङमा लोगानभान बीक, फ्रद क्लासेनले तीनतीन, टिमभानडर गुटेनले दुई र भिभिन किंग्माले एक विकेट लिए।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker